Shittalpati
बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

बुटवल । बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विषेश असपतालमा नवलपरासी पश्चिमका बर्दधाट नगरपालिका १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

कार्तिक ११ गते कोरोना संक्रमण पुष्टी भएपछि १२ गते अस्पताल भर्ना भएका उनको कोरोना अस्पताल भर्ना गरिएको थियो । संक्रमित पुरुष मधुमेह, उच्च रक्तचाप र पित्तथैलीको दीर्घ रोगी रहेको अस्पतालले जनाएको छ । योसँगै नवलपरासी पश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या १६ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update