Shittalpati
नेपालमा एकै दिन ३ हजार ६ सय २० संक्रमित डिस्चार्ज

पाल्पा । नेपालमा बितेको २४ घण्टामा ३ हजार ६ सय २० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशभरबाट आइतबार मात्र ३ हजार ६ सय २० जनाले कोरोना जितेका हुन् । योसँगै नेपालमा निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय २४ जनामा संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २ हजार ८ सय २४ जनामा संक्रमण देखिएको हो । योसँगै कूल संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अहिले देशमा ३७ हजार ७ सय ६५ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । आइसीयूमा २ सय ८३ र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ७९ जना छन् । यस्तै क्वारेन्टाइनमा २ हजार ३ सय ८६ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २३ नमूनाको पिसिआर परीक्षण भएको छ । नेपालमा कोरोनाबाट ९ सय ६० जनाको मृत्यु भएको छ । आइतबार मात्रै २३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update