Shittalpati
पाल्पामा सोमबार ३९ जना कोरोनामुक्त

पाल्पा । पछिल्लो २४ घण्टामा पाल्पामा थप ३९ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार रामपुरका १८ जना, बगनासकालीका १७ जना, रैनादेवी छहरा, तिनाउ,पूर्वखोला गाउँपालिका र तानसेन नगरपालिकाका एक÷एक जना संक्रमणमुक्त भएका हुन् । योसँगै पाल्पामा कोरोना निको हुनेको संख्या ९ सय ६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाल्पामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तानसेनका २, रम्भा र रैनादेवी छहरा गाउँपालिकाका १÷१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ६४ पुगेको छ । पाल्पामा अहिलेसम्म १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ सय ८८ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ४ सय ५४ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ६१ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update