Shittalpati
ब्राजिलमा ५० लाख बढी संक्रमित

ब्राजिल । ब्राजिलमा बुधबार कोभिड–१९ संक्रमितको ३१ हजार ५ सय ५३ भएसँगै कुल संक्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ । दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा संक्रमित ७ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९ संक्रमित एक लाख ४८ हजार २ सय २८ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी प्रभावित शहर साओ पाओलोमा मात्रै १० लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । यहाँ कुल ३६ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि विश्वमा कोभिड–१९ संक्रमित व्यक्तिको मृत्यु हुने मुलुक ब्राजिल हो । ब्राजिलमा गत फेब्रअरी २६ मा कोभिड–१९ को पहिलो संक्रमण पुष्टि भएको थियो । विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा कुल ७७ लाख ७६ हजार २ सय २४ व्यक्ति संक्रमित भएका छन् भने संक्रमित दुई लाख १६ हजार ७ सय ३७ जनाको मृत्यु भएको छ । तेस्रो बढी प्रभावित मुलक भारतमा कुल ६८ लाख ३५ हजार ६ सय ५५ व्यक्ति संक्रमित भएका छन् भने संक्रमितमध्ये एक लाख पाँच हजार ५ सय ५४ जनाको मृत्यु भएको छ । विश्वभर कोभिड–१९ संक्रमितको संख्या तीन करोड ६४ लाखभन्दा बढी पुगेको छ । –रासस

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update