Shittalpati
एकै दिन एक हजार ५७ संक्रमित निको

पाल्पा । नेपालमा बुधबार एक हजार ५७ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा. जागेश्वर गौतमले एकै दिन देशका विभिन्न जिल्लाका एक हजार ५७ कोरोना संक्रमित निको भएको बताए । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ जना पुगेको छ । यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो ।

त्यस्तै १५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको प्रवक्ता गौतमले बताए । २४ घन्टामा १२ हजार २ सय ५ पीसीआर परीक्षण भएका छन् । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update