Shittalpati
८ सय ८५ संक्रमित डिस्चार्ज

पाल्पा । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ८५ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आइतबार एकै दिन देशका विभिन्न जिल्लाहरुमा ८ सय ८५ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।

बितेको २४ घण्टामा देशभर १५७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले सो जानकारी दिएका हुन् । यस्तै आइतबार देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा १० हजार ६९८ जना रहेका छन् ।

यसैबीच नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ५० वर्षीया महिला, ६१ वर्षीय पुरुष र ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४२ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी बारामा ४० वर्षीय पुरुष, रुपन्देहीमा ७२ वर्षीय पुरुष, बर्दियामा ६३ र ५० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update