Shittalpati
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छ । भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।
भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त बनोस्
भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त बनोस् नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिकहरू स्वस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । प्रहरी अनुसन्धानमा दवाब र प्रभाव हुन नदिन खबरदारीका लागि पाल्पासहित देशभरका ठूला शहरमाहरुमा भ्रष्टाचारविरोधी प्रदर्शन हुँदै आएको छ ।
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।
नागरिकता सम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग
नागरिकता सम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ ।
सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु
सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ । बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह
भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन् । जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय ८० जना चिनियाँ पर्यटकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि विमानस्थलमै चिनियाँ राजदूतसँगको भेटमा मन्त्री किरातीले भैरहवा र पोखराबाट...
संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो ।
अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे
अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन् ।
विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क
विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी स्थापना गर्न छुट्टाछुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले गत मङ्गलबारदेखि प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्न छुट्टै डेस्क सञ्चालनमा ल्याएको हो ।
नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने
नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
ग्रीकमा रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो
ग्रीकमा रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो मध्य ग्रीकमा गत मंगलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको संख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् ।
रेल दुर्घटनामा ३२ को मृत्यु
रेल दुर्घटनामा ३२ को मृत्यु ग्रीसमा मंगलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ ।
Weather Update