Shittalpati
रुसी सेनामा भर्ना भएका थप ३ नेपालीको मृत्यु

पाल्पा, रुसी सेनामा भर्ना भएका थप ३ जनाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयलले रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार मृत्यु हुनेमा धादिङका राजकुमार गिरी, स्याङ्जाका हरिप्रसाद अर्याल र कैलालीका भरतबहादुर शाह छन् । उनीहरूको रुस-युक्रेन युद्धको क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयको भनाइ छ । योसँगै रुसी सेनामा भर्ना भई मृत्यु हुनेको संख्या १० पुगको छ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update