Shittalpati
सीमामा भिडन्त हुँदा ६ को मृत्य

बेरुत,  लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकू र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) अभियानका दुई सदस्य मारिएको लेबनानी सैन्य सूत्रले बताएको छ ।  दक्षिणी लेबनानमा सीमावर्ती इलाकालाई निशाना बनाएर गरिएको इजराइली बमबारीमा चार लेबनानी नागरिक र दुई लेबनानी सैनिक घाइते भएको नाम उल्लेख नगर्ने सर्तमा सूत्रले बतायो ।

 दुई अलगअलग इजराइली आक्रमणमा चार हिजबुल्लाह लडाकू मारिएको सूत्रले उल्लेख गरेको छ । दक्षिण पश्चिम लेबनानको जङ्गली क्षेत्रलाई निशाना बनाएर गरिएको इजराइली आक्रमणमा पिआइजेका दुई सदस्यको मृत्यु भएको थियो ।  सैन्य सूत्रका अनुसार लेबनानको दक्षिणपश्चिममा २६ र दक्षिणपूर्वका १५ सहर र गाउँमा इजराइलले बमबारी गरेको छ ।  यसैबीच आफ्ना लडाकूले इजराइलका सात स्थानमा आक्रमण गर्दा एक जनाको मृत्यु भएको र अन्य एक घाइते भएको हिजबुल्लाहले बताएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update