अविरल वर्षाले हवाई उडान प्रभावित
आइतबार, साउन २८, २०८०
रेल दुर्घटना पन्ध्र जनाको मृत्यु
आइतबार, साउन २१, २०८०
दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेशन नजिकै पटरीबाट खस्दा उक्त हताहति भएको रेलमन्त्री ख्वाजा साद रफिकले पत्रकारलाई बताए ।
रुखले किचेर सात जनाको मत्यु
आइतबार, साउन १४, २०८०
रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार जना वयस्कसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् ।
बारुद गोदाममा विस्फोट हुँदा दशको मृत्यु
आइतबार, साउन १४, २०८०
दक्षिणी थाइल्याण्डमा अनुमति नलिइ सञ्चालन गरिएको बारुद गोदाममा शनिबार अपराह्न भएको शक्तिशाली विस्फोटमा ज्यान गुमानेको संख्या १० पुगेको स्थानीय गभर्नरले बताएका छन् ।
कोरियन भाषा परीक्षाका लागि आवेदन माग
आइतबार, साउन १४, २०८०
वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए ।
सिद्धबाबा सुरुङमार्गको दुवै प्रवेशद्वारमा पहिरो खस्यो
शनिबार, साउन १३, २०८०
केही दिनदेखि परेको अविरल वर्षाका कारण निर्माणधिन सिद्धबाबा सुरुङमार्गको उत्तर र दक्षिणतर्फको प्रवेशद्वारमा पहिरो गएको छ । पहिरोका कारण दुवै प्रवेशद्वारामा क्षति पुुगेको छ ।
नेपाल र इयुबीच रु साढे १० अर्बको अनुदान सम्झौता
शुक्रबार, साउन ५, २०८०
दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयु) बीच रु साढे १० अर्बभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा खर्च गर्ने गरी उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
श्रम स्वीकृति लिने बढ्दै
बुधबार, असार २०, २०८०
पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब सात लाख ४० हजार रहेको छ । उक्त सङ्ख्या दिनैपिच्छे बढ्दै गएको विभागले जनाएको हो ।
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स
मंगलबार, असार १२, २०८०
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।
नेपाल र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना
शुक्रबार, असार ८, २०८०
नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या एक सय ८० पुगेको छ ।
ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह
शुक्रबार, जेठ १९, २०८०
वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ । विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो ।
नेपाल र भारतबीच सात मुख्य विषयमा सम्झौता
शुक्रबार, जेठ १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात मुख्य विषयमा सम्झौता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुई देशका प्रधानमन्त्रीले सात बुँदे सम्झौतामा हस्ताक्षर गरेको जानकारी गराइएको हो ।
नेपाल र भारतबीच सात मुख्य विषयमा सम्झौता
बिहीबार, जेठ १८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात मुख्य विषयमा सम्झौता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुई देशका प्रधानमन्त्रीले सात बुँदे सम्झौतामा हस्ताक्षर गरेको जानकारी गराइएको हो ।