Shittalpati
पूर्व जनचेतनाकर्मी चापागाईं पुनः बने एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर 

पाल्पा,  पूर्व नव जनचेतना राष्ट्रिय दैनिककर्मी सतीश चापागाई फेरी  एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर बनेका छन् । एनआरएनए अमेरिकाले उनलाई पुनः मिडिया कोअर्डिनेटरको जिम्मेवारी दिएको हो । 

चापागाईले यस अघि सन् २०१९–०२१ सम्मका लागि मिडिया कोअर्डिनेटरको जिम्मेवारी निर्वाह गरिसकेका थिए । उक्त कार्यकालमा मिडियाहरुसँग राम्रो समन्वय गरी एनआरएनएका गतिविधिहरु सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेकै कारण चापागाईलाई  पुनः एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर अर्जुन बञ्जाडेले मिडिया कोअर्डिनेटरमा नियुक्त गरेका हुन् । 

लामो समय  पाल्पाबाट प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकमा काम गरेका चापागाईं विगत ३० बर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । नेपाल प्रेस युनियन पाल्पाका पूर्व सभापति समेत रहेका उनी हाल नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक र सञ्चालक समेत हुन् । सन् २००८ मा अमेरिका गएका चापागाई २०१४ देखि एनआरएनएमा आवद्ध छन् । पाल्पाको रामपुर नगरपालिका १० स्थायी बसोवास भएका चापागाई परिवार सहित अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका छन् । उनी जोगसंजोग नामक चर्चित अनलाईन टिभी कार्यक्रमका प्रोस्तोता समेत हुन् । चापागाईले पाल्पाबाट आफ्नो पत्रकारिताको सुरुवात गरेका थिए । उनले कविता र गीतहरु पनि लेख्छन् । 

मिडिया कोअर्डिनेटरको जिम्मेवारी पाएसँगै शितलपाटी डटकम र नवजनचेतना दैनिकसँगको कुराकानीमा  चापागाईले मिडिया र मिडियाकर्मीहरुसँग सहकार्य र समन्वय गरी काम गर्ने बताए । उनले एनआरएनएका हरेक गतिविधिहरुलाई सत्य तथ्य रुपमा आम पाठक समक्ष पुर्‍याउन इमान्दारीताका साथ लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे । चापागाई पाल्पाली संगमका अन्तर्राष्ट्रिय संयोजक समेत हुन् । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update