Shittalpati
अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो 

काठमाडौँ, अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

    “अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उनले भने, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।” 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update