Shittalpati
विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह

काठमाडौँ, नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषय र सहयोग विस्तार सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले बिद्रोही हमासको आक्रमणका क्रममा हालसम्म पनि अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि आवश्यक प्रयास गरिदिन आग्रह गरेका थिए । भेटमा राजदूत गोडेरले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update