रेल दुर्घटनामा ३२ को मृत्यु
बुधबार, फागुन १७, २०७९
युएई र कतार जान ट्याक्सी चालकलाई रोक
बुधबार, फागुन १०, २०७९
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।
चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो
सोमबार, फागुन ८, २०७९
भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारीको भेन्टिलेटर हटाइएको छ । मुम्बईमा रहेका नेपाली काँग्रेसका नेता योगराज कंडेलका अनुसार आज बिहानसम्म सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेका कारण परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो ।
ट्याक्टर दुर्घटनामा दुुईको मृत्यु
शनिबार, माघ २८, २०७९
गुल्मी र अर्घाखाँचीका छट्टाछट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी दुुई जनाको मृत्युु भएको छ । अर्घाखाँचीको पाणिनी र गुल्मीको धुर्कोटमा भएको ट्याक्टर दुर्घटनामा दुुई जनाको मृत्यु भएको हो ।
टर्कीए भूकम्पः मृतकको संख्या २१ हजार पुुग्यो
शुक्रबार, माघ २७, २०७९
टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका निम्ति अपील गरेको छ । अन्तरराष्टिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने...
टर्की र सिरियामा भूकम्प : सयौंको मृत्यु
सोमबार, माघ २३, २०७९
टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौँ व्यक्तिले ज्यान गुमाएका छन् । सोमबार विहान सुतेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको र उक्त भूकम्पका कारण टर्की र सिरियामा गरी पाँच सयभन्दा बढीको मृत्यु भएको थियो ।
नेपाल र जापानको राजनीति केन्द्रित सेमिनार सुरु
सोमबार, माघ २३, २०७९
नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा ‘नेपाल र जापानको राजनीति, राजनीतिक दल र आवधिक निर्वाचन’का विषयमा आजदेखि यहाँ सेमिनार सुरु भएको हो ।
सडकमा बसी सुन्तला बेचेरै दुई लाख आम्दानी
आइतबार, माघ २२, २०७९
गुल्मीकी पार्वता पाण्डेले सडक छेउमा बसी सुन्तला बेचेर दुई लाख आम्दानी गर्ने गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेकी हुन् ।
भारतीय नागरिकको हत्या
शनिबार, माघ २१, २०७९
गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमति विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।...
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह
मंगलबार, माघ १७, २०७९
परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरे ।
हेलिकप्टर दुर्घटनमा गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु
बुधबार, माघ ४, २०७९
राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
पाल्पाको माथागढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
आइतबार, माघ १, २०७९
ल्पाको माथागढी गाउँपालिका –१ अगाहाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पुस ३० गते साँझा माछा मार्नका लागि विद्युत्को मुख्य लाईनबाट हुक लगाई तयारी गर्दै गर्दा अचनाक करेन्टर लागेर घाइते भएका रम्भा गाउँपालिका–४ का ३० वर्षीय विष्णु बहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो ।