Shittalpati
नेपाली जनसम्पर्क समितिको वार्षिक सभा

भारत (भोपाल), नेपाली जनसम्पर्क समिति भारतको केन्द्रीय समितको अगस्त २६ र २७ दुई दिन सम्म चलेको वैठकले महत्वपुर्ण निर्णय गरेको जनाएको छ । हिन्दुस्तानका सात वटै क्षेत्रीय कार्यालयका अध्यक्ष, महासचिवहरु समेतको सहभागितामा भएको वैठकमा मुम्वई, राजधानी दिल्ली, हैदरावाद, वैंगलोर, चेन्नेई, भोपाल समेतका विभिन्न महानुभावले समसामायिक बिषयमा छलफल भएको थियो ।

समितिका संस्थापक स्वर्गिय तिलक मल्ललाई सहीद घोषणाको माग समेत गरिएको थियो । नेपाल र भारत बीचको राजनैतिक, कुनैतिक सम्वन्ध र त्यसको व्यवहारिक कार्यान्वयनका साथै नेपालीहरुलाई भारतमा पर्ने समस्याहरुको समाधानको उपाय बारे वहस भएको सहभागिहरुले बताएका छन् । मध्येप्रदेशको भोपालमा समितिका अध्यक्ष वालकृष्ण पाण्डेको अध्यक्षतामा भएको वैठकले भारतका बिभिन्न शहर र स्थानमा रहका नेपालीमुलका नागरिकहरुका समस्या समाधानका उपायहरुका बिषयमा पनि व्यापक छलफल भएको समितिका सदस्य सुनिता जिसीले शित्तलपाटी डटकमलाई बताईन । समितिका महमन्त्री जगन्नाथ पौडेलले सन्चालन गरेको वैठकमा उपाध्यक्ष लीलामणी पाण्डे, खडग सिंह वम, मानार्थ सदस्य डा.सुर्यवहादुर सिंह, नेपाली काँग्रेस गुल्मीकी नेतृ सुनिता जिसीले लगायतका दर्जनौ समितिका अगुवा नेताहरुले नेपालीहरुको अवस्था र जनसम्पर्क समितिले निर्वाह गर्नुपर्ने भूमिकाका बिषयमा बिचार राखेका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update