Shittalpati
इजरायलमा भएका नेपालीको मृत्युमा मंगलबार राष्ट्रिय शोक घोषणा

काठमाडौं, सरकारले इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा मंगलबार( भोली)  राष्ट्रिय शोकमा घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।

उनीहरूको सम्मानमा मंगलबार आधा झण्डा झुकाइने छ । देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने बताइएको छ ।

त्यस्तै, सरकारले ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update