पोखरामा विमान दुर्घटना
आइतबार, माघ १, २०७९
राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै
आइतबार, पुस २४, २०७९
केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागका निर्देशक एवं प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए ।
आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति
शुक्रबार, पुस २२, २०७९
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने
मंगलबार, पुस १२, २०७९
वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौँले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ ।
नयाँ सांसदहरूको शपथ पुस ७ मा
सोमबार, पुस ४, २०७९
मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते हुुने भएको छ । संघीय संसद् सचिवालयले पुस ७ गते दिउँसो १ बजेको लागि शपथको समय निर्धारण गरेको हो ।
चार जना प्रहरी मारिए
आइतबार, पुस ३, २०७९
पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार एउटा प्रहरी चौकीमा भएको आक्रमणमा चार प्रहरीको मृत्यु हुनका साथै अन्य चार जना घाइते भएका छन् ।
आज मानव अधिकार दिवस मनाइँदै
शनिबार, मंसिर २४, २०७९
विश्व मानव अधिकार दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । राष्ट्रिय मानव अधिकार आयोगले यस वर्षको दिवसको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भन्ने तय गरेको छ ।
गुल्मी–२ :प्रदेशसभामा एमालेका भुसाल र पन्थी विजयी
बिहीबार, मंसिर ८, २०७९
गुल्मीको क्षेत्र नम्बर २ को दुुई वटै प्रदेश सभामा एमालेका उम्मेदवार विजयी भएका छन् । २ (१) को प्रदेश सभामा डिल्लीराज भुसाल र २ (२) को प्रदेश सभामा दिनेश पन्थी विजयी भएका हुन् । प्रदेश सभा (१) मा एमालेका उम्मेदवार भुसाल एक हजार ४९ को अग्रतासहित १४ हजार दुई सय...
प्रमुख आयुक्तसँग जापानी परराष्ट्र राज्यमन्त्रीको शिष्टाचार भेटवार्ता
सोमबार, मंसिर ५, २०७९
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन् ।
सन्दीप लामिछानेलाई कारागार चलान गरिँदै
शुक्रबार, कात्तिक १८, २०७९
बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । मुद्दाको किनारा नलागेसम्म लामिछानेलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
पोर्चुगलमा एक नेपाली युवाको मृत्यु
आइतबार, असोज २३, २०७९
वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो ।
राजनैतिक उत्तराधिकारीको खडेरी
मंगलबार, भदौ १४, २०७९
आसन्न निर्वाचनका लागि टिकटले च्याप्दै गरेको जिन्दगी, शब्दसँग धेरै नेताहरुका मन बरालिएका छन्, अहिले । संघीय र प्रादेशिक निर्वाचनका लागि दिन नजिकिदै जाँदा, नेताहरु टिकट नमागे पनि नहुने र माग्दा पनि टिकटकै बोझले आफु च्यापिने डरमा छन् ।