Shittalpati
राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले उनीहरुलाई आज नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update