Shittalpati
बम विस्फोटमा एकको मृत्यु

केरला (भारत), भारतको केरला राज्यस्थित कोच्चीको कालामास्सेरी क्षेत्रमा आइतबार यहोवाका साक्षीहरूको प्रार्थना सभामा भएको थुप्रै विस्फोटमा एक जनाको मृत्यु भएको र कयौँ घाइते भएको प्रहरीले बताएको छ । कालामास्सेरी सीआई विबिन दासका अनुसार पहिलो विस्फोट बिहान ९ बजेतिर भएको थियो र त्यसपछि अर्को एक घन्टामा थुप्रै विस्फोट भयो । 

अक्टोबर २७ देखि सुरु भएको तीन दिने प्रार्थना सभा आइतबार अन्तिम थियो । अधिकारीहरूका अनुसार विस्फोट भएको समयमा प्रार्थना सभामा दुई हजारभन्दा बढी मानिस थिए । यो घटना आतङ्कवादी समूह हमासका पूर्वप्रमुख खालिद मसालले गाजामा इजराइली सैन्य हमलाका बीच प्यालेस्टिन समर्थक प्रदर्शनलाई सम्बोधन गरेको एक दिनपछि भएको हो ।

शनिबार भएको विरोध प्रदर्शनमा हमास नेताको सहभागितामाथि प्रतिक्रिया व्यक्त गर्दै भारतका लागि इजराइली राजदूत नाओर गिलोनले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गर्दै भनेका थिए, ‘मसालले सहभागीहरूलाई भने  ‘सडकमा उत्रिनुहोस् र आक्रोश व्यक्त गर्नुहोस्, इजराइलविरुद्ध जिहादका लागि तयार रहनुहोस्, आर्थिकरूपमा हमासलाई सहयोग गर्नुहोस्, सामाजिक सञ्जालमा प्यालेस्टिनी कथालाई बढावा दिनुहोस्, अब हमासआईएसआईएसलाई भारतको आतङ्कवादी सूचीमा जोड्ने समय आएको छ ।’

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update