Shittalpati
सैन्य कारबाहीमा दुई विद्रोहीको मृत्यु

इस्लामावाद,  पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको कारबाहीमा दुई विद्रोही लडाकू मारिएको सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले बिहीबार विज्ञप्तिमार्फत्  सुरक्षा बलले प्रान्तको डेरा इस्माइल खान जिल्लामा आतङ्कारीहरूको उपस्थितिमा गुप्तचर आधारमा सुरक्षा कारबाही गरेको थियो ।

कारबाहीको क्रममा आतङ्कवादी र सैनिकहरूबीच तीव्र गोलीबारी भएको थियो ।  गोलाबारीमा दुई विद्रोही मारिएको तथा ठूलोमात्रामा हतियार, गोलाबारुद र विस्फोटक पदार्थको पनि बरामद गरिएको आइएसपिआरले जनाएको छ  ।   
                                               
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update