सहरीकरण दिवसको सन्दर्भ
सोमबार, कात्तिक १४, २०७९

छठको धार्मिक महत्व
आइतबार, कात्तिक १३, २०७९
हरेक चाडपर्वहरुको आ–आफ्नै किसिमको धार्मिक, सामाजिक महत्व र विशेषता हुने गर्दछ । हिन्दुुहरुको महान पर्व दशै र तिहार सकिएरसँगै छठ पर्वको आगमन भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी उल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।

नेपाल संवत् : राष्ट्रिय संवत् : मौलिक संवत्
आइतबार, कात्तिक ६, २०७९
शक, सप्तर्षि , कलिगत, मञ्जुश्री, श्रीकृष्ण, बुद्ध, लक्ष्मण, महावीर निर्वाण, गुरु नानक, हिजरी, गुप्त, खाल्सा, हर्ष आदि नाम गरेका संवत्हरु सुन्नमा पढ्नमा पाइएतापनि हाल नेपालमा प्रचलनमा आएका संवत्हरु भने विक्रम संवत्, ईस्वी संवत्, नेपाल संवत् र बुद्ध संवत् हुन् । नेपालमा प्रचलित प्राचीन संवत्हरु मध्ये नेपाल संवत् पनि एक हो ...

खै बजार अनुगमन ?
आइतबार, कात्तिक ६, २०७९
नेपालीहरुको घरआँगनमा दोस्रो महान चाड तिहार भित्रिएको छ । बजारमा किनमेल गर्नेहरुको भिड बढ्न थालेको छ । निकै खर्चिलो चाडका रुपमा समेत लिइने तिहारमा बजार अनुगमन हुन सकिरहेको छैन । देसैं आसन्न निर्वाचनको विषयमा केन्द्रित छ, यद्यपि चाडपर्वलाई लक्षित गरेर ठूलो मात्रामा चीजवस्तुहरु बजारमा खरिद–बिक्री भैरहेका छन् ।

सीपको आवश्यकता
शनिबार, कात्तिक ५, २०७९
कुनै पनि राष्ट्रको विकास त्यस देशका नागरिकको कार्यक्षमता अर्थात् सीपमा आधारित हुन्छ । सीपले मानिसलाई आत्मनिर्भर बनाउनुको साथै जोखिम कम गर्न महत्वपूर्ण टेवा पुग्दछ । सीप सुरक्षा कवच पनि हो । चाहे विदेशमा होस् या स्वदेशमा । सीप हुनेले जोखिमसँग लड्न सक्छ । हातमा सीप भए भोकै मर्न पर्दैन ।

मत बदर नहोस्
शुक्रबार, कात्तिक ४, २०७९
यस अघि भएका अधिकांश निर्वाचनमा मत बदर हुुँदै आएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि ठूलो परिमाणमा मत बदर भयो । मतपत्र बदर हुनु आफैमा गम्भीर सबाल हो । लोकतन्त्रमा सार्वभौम जनताको अधिकारको प्रयोग हुने अभ्यास नै बदर हुनु सामान्य विषय होइन । जनताले चाहेका प्रतिनिधि चुनिऊन्...

उम्मेदवारको खर्च सीमा
बिहीबार, कात्तिक ३, २०७९
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवार र राजनीतिक दलहरु चुनावी प्रचार–प्रसारमा जुटेका छन् । निर्वाचन आयोगले पनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउनका लागि विभिन्न आचरसंहिता र सीमाहरु तोकेको छ ।

निष्पक्षका लागि आचरसंहिता
बुधबार, कात्तिक २, २०७९
यतिबेला मुलुुक निर्वाचनमा होमिएको छ । राजनीतिक दल र सरकारले आफ्ना तयारीहरु चुनाव केन्द्रीत गरिरहेका छन् । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो । निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया नै हो तर जित्नका लागि साम, दाम, दण्ड, भेद सबै प्रकारका हतकण्डा अपनाइन्छ । तर यस्ता कार्य रोक्नकै लागि...

डेंगु नियन्त्रणमा उदासीनता
मंगलबार, कात्तिक १, २०७९
डेंगुबाट आइतबार एकैदिन एक हजार एक सय ११ जना संक्रमित भएका छन् । अहिलेसम्म ४० हजार भन्दा बढीमा डेंगुु संक्रमण देखिएको छ । साउन महिना यता संक्रमणबाट ४८ जनाको ज्यान गइसकेको छ । जसले भयावह अवस्थालाई नै प्रकट गरिरहेको छ । ७७ वटै जिल्लामा संक्रमण फैलिएर मृतकको संख्या बढे पनि...

गरिबी निवारण दिवस र यसको अवस्था
सोमबार, असोज ३१, २०७९
आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्षको अक्टोबर १७ का दिन अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउने गरिएको छ । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । नेपाल सरकार र त्यससँग सम्बन्धित निकायहरुले हरेक वर्ष यो दिवस मनाउँदै...

हाम्रो लोकसंस्कृतिक : सराय र यसको सम्झना
आइतबार, असोज ३०, २०७९
नेपालको सामाजिक लोक जीवनमा विभिन्न खालका पहिचानहरू स्थापित हुँदै आएका छन् । लोक सुहाउँदो संस्कार र संस्कृतिको संगम भएका परिदृष्य हाम्रा सामु प्रसस्तै छन् । ऐतिहासिक तथा सांस्कृतिक जीवनका प्रत्येक कालखण्डहरूमा मानवलाई साथ दिने भनेकै सम्बन्धित् स्थानको लोक संस्कार, संस्कृति र स्थानीय परम्पराले हो ।

खाद्य दिवस र यसको साथर्कता
आइतबार, असोज ३०, २०७९
विश्व खाद्य दिवस प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइन्छ । आज पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइंदै छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा यो दिवस मनाइन्छ । उक्त संगठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य दिवस मनाइने गरिएको हो ...

ग्रामीण महिला दिवसको सार्थकता
शनिबार, असोज २९, २०७९
नेपालमा ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै वि.सं. २०७० देखि अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउन थालिएको छ । सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रुपमा यो दिवस मनाउने क्रम शुरु भएको हो । घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई...