Shittalpati
गुल्मी सेवा समाज कतारद्वारा अक्षयकोषका लागि सहयोग
गुल्मी सेवा समाज कतारद्वारा अक्षयकोषका लागि सहयोग गुल्मी सेवा समाज कतारले अक्षयकोषका लागि आर्थिक सहयोग गरेको छ । समाजले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुको लागि स्थापना गर्न लागेको अक्षयकोषका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।
पाल्पाको रामपुरमा माटोको ढिस्कोले च्याप्दा एक घाईते
पाल्पाको रामपुरमा माटोको ढिस्कोले च्याप्दा एक घाईते जिल्लाको रामपुरमा माटोको ढिस्कोले च्याप्दा एक व्यक्ति घाइते भएका छन् । रामपुर नगरपालिका १ स्याउलिबजार स्थित कालिगण्डकी करिडोरको बाटो खन्ने क्रममा सल्यान बाघचौर नगरपालिका १ का ४७ वर्षीय भोग बहादुर बस्नेत घाइते भएका हुन् ।
पाल्पाको पूर्वखोलामा आफैले चलाएको बन्दुकले लागेर एक युवकको मृत्यु
पाल्पाको पूर्वखोलामा आफैले चलाएको बन्दुकले लागेर एक युवकको मृत्यु आफैले चलाएको भरुवा बन्दुकले लागेर पाल्पामा एक युवकको ज्यान गएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको मृत्यु भएको हो ।
कोरोना संक्रमणको प्रवाह नै नगरी नागरिकता बनाउनेको भिड
कोरोना संक्रमणको प्रवाह नै नगरी नागरिकता बनाउनेको भिड कपिलवस्तुको चन्द्रौटा स्थित ईलाका प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको भिड बढेको छ । कोरोना भाईरसका कारण केही महिना बन्द रहेको सेवा पुनः सुचारु भएसंगै नागरिकता बनाउनेको भिड बढेको हो ।
गुल्मी कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो
गुल्मी कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गुल्मीको सदरमुकाम तम्घासस्थित कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको बताएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् ।
पाल्पामा बाँदरबाट सुन्तला जोगाउनै धौं
पाल्पामा बाँदरबाट सुन्तला जोगाउनै धौं बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् ।
ग्राहक कुर्दै व्यापारी
ग्राहक कुर्दै व्यापारी तानसेनको शित्तलपाटीस्थित सडक पेटीमा ग्राहक कुर्दै व्यापारी ।
तानसेनका विभिन्न ठाउँमा माघे संक्रान्तिको पूर्वसन्ध्यामा  सखरखण्ड, तरुल किन्दै उपभोक्ता (फोटोफिचर)
तानसेनका विभिन्न ठाउँमा माघे संक्रान्तिको पूर्वसन्ध्यामा सखरखण्ड, तरुल किन्दै उपभोक्ता (फोटोफिचर) माघे संक्रान्तिको पूर्वसन्ध्यामा तानसेनका विभिन्न ठाउँहरुमा सखरखण्ड, तरुल किन्दै उपभोक्ता । मंक्रर संक्रान्तिमा घिउ, चाकु, तिलको लड्डु, तरुल, सखरखण्ड, पिंडालु लगायतका परिकार खाने गरिन्छ ।
पाल्पामा यसरी मनाइयो २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
पाल्पामा यसरी मनाइयो २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पाल्पा लगायत देशभर २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।
अनेरास्ववियु गुल्मीको संयोजकमा छन्तेल
अनेरास्ववियु गुल्मीको संयोजकमा छन्तेल नेकपाको विद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (ओली समुह) गुल्मीको संयोजकमा बिमल छन्तेल चयन भएका छन् । युनियनको तम्घासमा भएको जिल्ला भेला छन्तेललाई जिल्ला संयोजकमा चयन गरेको हो ।
भूकम्पको पाँच वर्ष, गुल्मीका एक सय २४ विद्यालय पुनर्निर्माण
भूकम्पको पाँच वर्ष, गुल्मीका एक सय २४ विद्यालय पुनर्निर्माण पाँच वर्षअघि (वैशाख ०७२) गएको भूकम्पले जिल्लामा भत्केका ३ सय १२ मध्ये १ सय २४ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । यस्तै, ६२ वटा विद्यालय निर्माणाधीन अवस्थामा छन् भने एक सय २६ विद्यालय निर्माणका लागि छनोट मात्रै भएका छन् ।
Weather Update