Shittalpati
रैनादेवी छहरा गाउँपालिकाको प्राथमिकता कोभिड रोकथाम र कृषि

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कोभिड रोकथाम तथा कृषिलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा कोभिड रोकथाम तथा कृषिलाई प्राथमिकतामा राखेको हो ।

गाउँपालिकाले नवौं गाउँसभामार्फत नीति तथा कार्यक्रम पेश गर्दै कोभिड रोकथाम तथा कृषिलाई प्राथमिकतामा राखेको जनाएको छ । सोमबार भएको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष चेतकुमारी थापाले आर्थिक वर्ष २०७८/०७९ को लागि नीति कार्यक्रम पेश गरेकी हुन् ।

गाउँपालिकाले कोभिड नियन्त्रण, कृषि, पशुपालनलाईलाई नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा राखेको छ । उसले शिक्षा स्वास्थ्य, पर्यटन क्षेत्रलाई पनि नीति कार्यक्रममा उत्तिकै प्राथमिकतामा राखेको छ । गाउँमा कोरोनाको नियन्त्रणसँगै आर्थिक विकासको लागि शिक्षा, स्वास्थ्य,कृषि पशुपालनको माध्यमबाट रैनादेवी छहराको आर्थिक विकास गरिने गाउँपालिका उपाध्यक्ष थापाले बताईन् ।

 

 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update