Shittalpati
तानसेन खानेपानी उपभोक्ता समितिलाई स्थानीय सरकार मातहतमा लैजानुपर्नेमा जोड


पाल्पा, तानसेन खानेपानी उपभोक्ता समितिलाई स्थानीय सरकार मातहतमा ल्याउनुपर्ने विषयमा आवाज उठेको छ । तानसेन खानेपानी व्यवस्थापनका लागि नागरिक परामर्श समितिको तानसेनमा बसेको पहिलो बैंठकमा सहभागीहरुले उपभोक्ता समितिमार्फत खानेपानी वितरणमा पटक –पटक अनियमिता हुँदै आएपछि स्थानीय सरकार मातहतमा लैजानुपर्ने आवाज उठाएका हुन् ।

तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीको प्रमुख आतिथ्यता, उपप्रमुख लक्ष्मी देवी पाठकको अध्यक्षतामा बसेको बैंठकमा बोल्ने अधिकांस व्यक्तिहरुले तानसेन खानेपानी उपभोक्ता समितिलाई स्थानीय सरकारको मातहतमा ल्याउनुपर्नेमा जोड दिएका छन् । उपभोक्ता समितिले खानेपानी वितरण प्राणलीलाई व्यस्थित गर्न नसक्दा यहाँका उपभोक्ताहरु पटक–पटक आन्दोलित हुँदै आएका छन् ।

खानेपानी नआएपछि नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई धर्नामा 

 

गत वर्ष साउन २५ गते कैलाशनगरको बतासेडाँडा क्षेत्रमा ३ हप्तासम्म खानेपानी नआएपछि स्थानीय उपभोक्ता तथा नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई धर्ना बसेका थिए । लामो समयसम्म कैलाशनगरको बतासेडाँडा क्षेत्रका घरमा पानी नआएपछि प्रतिनिधिमूलक रुपमा पत्रकार भट्टराई तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमै गई धर्ना बसेका थिए । उपभोक्ता समितिले समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि भट्टराईले धर्ना स्थगित गरेका थिए । तर पनि उपभोक्ता समिति अझै पनि उपभोक्ताप्रति जिम्मेवार बन्न नसक्दा समिति स्थानीय सरकार मातहत लैजानुपर्ने विषय उठ्दै आएको हो ।

खानेपानी नआएपछि नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई धर्नामा 

 

 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update