Shittalpati
कालीगण्डकी गाउँ सरकारले ल्यायो ४५ करोड ७६ लाखको बजेट

पुरन राजकोटी मगर
गुल्मी( कालीगण्डकी), जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मीले अर्थिक वर्ष २०७८/०७९ को लागि ४५ करोड ७६ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले नवौं गाउँसभामार्फत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै अगामी आर्थिक वर्षका लागि ४५ करोड ७६ लाख ९० हजारको बजेट ल्याएको हो ।

कूल बजेटमध्ये चालुतर्फ ९ करोड ५८ लाख ३४ हजार पुँजीगततर्फ १२ करोड १७ लाख १२ हजारको बजेट रहेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष तारा थापाले २४ करोड १ लाख ४४ हजार सशर्त तर्फ , विकास बजेट तर्फ ९ करोड ४१ लाख ४ हजार ७ सय २० , विद्युत रोयल्टी २ करोड,संघको राजस्व ६ करोड ५४ लाख ९१ हजार, प्रदेश सरकारको राजस्व ७० लाख १३ हजार रहेको जानकारी गराईन् । स्वाथ्य स्वयम सेविकाको सेवा सुविधाको लागि नीति तथा कार्यक्रममा राखिएको गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाले बताए । उनका अनुसार यसका लागि १८ लाख ९६ हजार बजेट विनियोजन गरिएको छ । गत वर्षको योजनालई नै निरंतरता दिंदै गाउँपालिका भित्र नवजात छोरी जन्मने बित्तिकै ५हजार हजार खातामा राखिदिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसका लागि ५ लाख छुट्याइएको अध्यक्ष थापाले बताए । यस्तै बालबिकास सहयोगी कार्यकर्ता लागि ७६ लाख ७१ हजार, शिक्षक बैंकको लागि १ करोड ७० लाख ,दलित /महिला/जनजाति/अपांग/जेष्ठ नागरिक /एकल महिला र अल्पसंख्यक प्रमुख प्राथमिकतामा राख्दै ५० लाख विनियोजन गरिएको छ ।


शिक्षा ,स्वास्थ्य, सडक सिंचाइ खानेपानीका योजनामा भने छलफल भइरहेको र यस्को लागि अन्तिम गाउँसभाको लागि २४ गते पारित गर्ने गाउँपालिका अध्यक्ष थापाले बताए । उनले यो वर्ष विशेष प्राथमिकताका साथ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाहरुलाई सेवासुबिधा भत्ता, शिक्षा, स्वास्थ्य , युवा स्वरोजगारलाई प्राथमिकतामा राखेको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update