Shittalpati
पाल्पा– १ मा ढल्यो ३१ वर्षे एमाले विरासत, काँग्रेसका सन्दीप राना विजयी 
पाल्पा– १ मा ढल्यो ३१ वर्षे एमाले विरासत, काँग्रेसका सन्दीप राना विजयी  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ३१ वर्षदेखि पाल्पा क्षेत्र नं. १ मा निर्वाचनमा राख्दै आएको वर्चश्व यस पटक गुमाएको छ । एमालेले २०५१ सालको  निर्वाचनदेखि नै आफ्नो वर्चश्व राख्दै आएको थियो । २०५१ मा दलबहादुर रानाले विजयी भएपछि पूर्वी पाल्पालाई नेकपा (एमाले)को गढका रूपमा चिनिँदै आएको थियो ।
पाल्पा –१ मा काँग्रेस अगाडि, २ मा रास्वपाको अग्रस्थान कायमै
पाल्पा –१ मा काँग्रेस अगाडि, २ मा रास्वपाको अग्रस्थान कायमै दुई वटा निर्वाचन  क्षेत्र रहेको पाल्पामा नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा छन् । जारी पछिल्लो मत परिणाम अनुसार यहाँको क्षेत्र नं. १ मा  नेपाली काँग्रेसका उम्मेदवार सन्दीप राना र नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्यबिच निकै कडा प्रतिस्पर्धा भएको छ  ।
गुल्मी–१ मा रास्वपाका सागर ढकाल निर्वाचित
गुल्मी–१ मा रास्वपाका सागर ढकाल निर्वाचित गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीलाई १४ हजार ४६१ मतान्तरले हराउँदै ढकाल विजयी भएका हुन् । 
गुल्मी–२ मा गोकर्ण बिष्टलाई हराउँदै रास्वपाका पन्थी विजयी
गुल्मी–२ मा गोकर्ण बिष्टलाई हराउँदै रास्वपाका पन्थी विजयी गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार गोकर्ण बिष्टलाई ५६१ मतान्तरले पराजित गरेका हुन् ।  
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । बाइस हजार ८५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन शान्तिपूर्ण र निष्पक्ष होस्
निर्वाचन शान्तिपूर्ण र निष्पक्ष होस् प्रतिक्षारत फागुन २१ को समय आजदेखि समाप्त हुँदैछ । आज देशैभर एकै साथ प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन लागेको छ । 
पाल्पाका सात मतदान केन्द्र महिलाको जिम्ममा
पाल्पाका सात मतदान केन्द्र महिलाको जिम्ममा पाल्पाका सात मतदान केन्द्र महिलाको जिम्ममा छोडिएको छ । आज हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी महिला रहेका छन् ।
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रतिनिधिसभा निर्वाचन :  आज देशैभर मतदान हुँदै
प्रतिनिधिसभा निर्वाचन :  आज देशैभर मतदान हुँदै प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आज देशैभर मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि मतदाताहरु आ–आफ्नो मतदानस्थल र केन्द्रमा जानेक्रम शुरु भइसकेको छ ।
निर्वाचनका दिन कतै पनि वर्षा नहुने
निर्वाचनका दिन कतै पनि वर्षा नहुने जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन ९बिहीबार० मौसम सफा रहने जनाएको छ । आज विभागले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै बिहीबार मुलुकभर वर्षा नहुने जनाएको हो । 
‘मौन अवधि’ सुरु :  निर्वाचन प्रचार–प्रसार निषेध
‘मौन अवधि’ सुरु : निर्वाचन प्रचार–प्रसार निषेध आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि  गएको मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबारराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको थियो ।
Weather Update