गुल्मी–२ मा गोकर्ण बिष्टलाई हराउँदै रास्वपाका पन्थी विजयी
गुल्मी, गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार गोकर्ण बिष्टलाई ५६१ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार पन्थीले १६ हजार ९६७ र बिष्टले १६ हजार ४०६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४३४ मत प्राप्त गरे ।
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्


