पाल्पा,जिल्लाको रम्भामा जङ्गली च्याउ खाएर दुई जनाको मृत्यु भएको छ । जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका रम्भा गाउँपालिका–५ फलकुन की ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको हो ।जङ्गली च्याउ खाएर विरामी परेका उनीहरुको उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
उनीहरुले गत शुक्रबार घर नजिकैको जङ्गलबाट च्याउ ल्याएर खाएका थिए । शनिबार विहानबाट बान्ता तथा झाडापखला हुन थालेपछि उपचारका लागि अस्पताल पु¥याइएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाई बिरामी भएकी ५० वर्षीया यममाया जर्घा मगरको भने अस्पताल उपचार भईरहेको छ । उनको अवस्था सिरियस रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै जिल्लाका तानसेन, निस्दी र माथागढीमा पनि विषालु च्याउ खाएर १२ जना विरामी परेका छन् । उनीहरुको अहिले उपचार भइरहेको छ ।


