गुल्मी–१ मा रास्वपाका सागर ढकाल निर्वाचित
गुल्मी, गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीलाई १४ हजार ४६१ मतान्तरले हराउँदै ढकाल विजयी भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञवालीले १५ हजार १८१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले १३ हजार ५०५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्


