राष्ट्रिय जनमुक्तिका उम्मेदवार अस्लामीको वाचा सार्वजनिक
सोमबार, फागुन ११, २०८२
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा दुई वटा निर्णय
सोमबार, फागुन ११, २०८२
लुम्बिनी प्रदेश सरकारले दुईवटा विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । थारू समुदायका प्रथाजनित प्रणाली, मूल्यमान्यता तथा असल अभ्यासलाई संस्थागत गर्ने र छाडा चौपाया व्यवस्थान गर्ने विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको हो ।
नेकपा पाल्पा क्षेत्र नं. १ का सुनारीको प्रतिवद्धता सार्वजनिक
आइतबार, फागुन १०, २०८२
नेपाली कम्युनिष्ट पार्टी पाल्पा क्षेत्र नं. १ का उम्मेदवार हुमबहादुर सुनारी मगरले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
मतदाता भन्छन्,–‘हाम्रा समस्या बुझ्ने नेतालाई भोट दिन्छौं’
आइतबार, फागुन १०, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । घरदैलोमा पुग्ने नेतालाई पाल्पा क्षेत्र नं. २ का मतदाताले विकास, सुशासन र रोजगार सिर्जना गर्नुपर्ने माग गरेका छन् ।
पाल्पामा काँग्रेसका उम्मेदवारलाई जेष्ठ नागरिकको आशीर्वाद, युवाको साथ
शनिबार, फागुन ९, २०८२
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा नयाँ र उर्जाशिल युवाहरुलाई उम्मेदवार बनाएपछि युवादेखि वृद्धवृद्धासम्म उत्साह छाएको छ ।
राजनीतिक स्थिरता र विकासका लागि एमालेलाई बहुमत आवश्यक : एमाले उम्मेदवार गैरे
शुक्रबार, फागुन ८, २०८२
नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरप्रसाद गैरेले राजनीतिक स्थिरता र विकासका लागि एमालेले बहुमत लिन आवश्यक रहेको बताएका छन् । शुक्रबार रिब्दीकोट गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदातासँगको भेटघाट र सुझाव संकलनका क्रममा उनले यस्तो बताएका हुन् ।
पाल्पामा काँग्रेसप्रति बढ्दो आकर्षण, जेनजी प्रवेशको लहर
शुक्रबार, फागुन ८, २०८२
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदैं जाँदा पाल्पामा काँग्रेसप्रति आकर्षण बढ्दै गएको छ । दोस्रो विशेष महाधिवशेनबाट गगनकुमार थापा सभापति भएपछि विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता काँग्रेसप्रति आकर्षित हुँदै गएका हुन् ।
प्रतिनिधि सभा निर्वाचन : पाल्पामा निर्वाचन प्रहरीलाई मतदान केन्द्र सुरक्षाको नमुना अभ्यास
शुक्रबार, फागुन ८, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने तालिमप्राप्त निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नमुना मतदानमा सहभागी गराएको छ । प्रहरीले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन उनीहरुलाई मतदान केन्द्रको नमुना अभ्यास गराएको हो ।
उम्मेदवार मतदाताको घरदैलोमा
शुक्रबार, फागुन ८, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पाल्पाका उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरु मतदातामाझ विभिन्न आश्वासन बाँडिरहेका छन् ।
पाल्पा –१ मा सन्दीप रानाका योजना–‘बाँझो जग्गाको उपयोग गर्नेदेखि उद्योग प्रवर्धनसम्म’
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले घरदैलोका क्रममा आफ्ना योजना मतदातासमक्ष बताएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि मत माग्दै घरदैलो कार्यक्रममा व्यवस्त रानाले बाँझो जग्गाको उपयोग गर्नेदेखि परम्परागत उद्योगहरुको प्रवद्र्धन गर्ने योजना रहेको मतदातालाई सुनाउदै आएका हुन् ।
सम्पूर्ण जीवन जनताको सेवामा समर्पित गरेको छु : नेकपा उम्मेदवार पाण्डेय
बिहीबार, फागुन ७, २०८२
पाली कम्युनिष्ट पार्टी पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोम प्रसाद पाण्डेयले आफ्नो सम्पूर्ण जीवन पाल्पाली जनाताको सेवामा समर्पित गरेको बताएका छन् । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि मत माग्न घरदैलोमा कार्यक्रममा व्यस्त रहेका उनले यस क्षेत्रका मतदाताहरुसँगको भेटमा आफ्नो जीवन जनताको सेवामै खर्चिएको बताएका हुन् ।
घरदैलो कार्यक्रममा व्यस्त एमाले उम्मेदवार गैरे
बिहीबार, फागुन ७, २०८२
आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट पाल्पा क्षेत्र नं. २ मा उम्मेदवार बनेका ठाकुरप्रसाद गैरे घरदैलोमा कार्यक्रममा व्यस्त छन् । उनले आफ्नो पक्षमा जनमत बढाउन चुनावी भेटघाटलाई तिव्रता दिएका हुन् ।


