पाल्पाको निस्दीमा नेकपाका १ सय २० कार्यकर्ता काँग्रेसमा प्रवेश
बिहीबार, फागुन ६, २०७७

पाल्पामा पनि सरकार विरुद्ध प्रदर्शन, ‘सरकारको अधिनायकवादी व्यवहारका विरुद्ध संघर्ष’
मंगलबार, फागुन ४, २०७७
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले वर्तमान सरकारले अधिनायकवादी चिन्तन र व्यवहार प्रदर्शन गर्न थालेपछि विरोधको संघर्षमा उत्रन बाध्य भएको बताएका छन् । काँग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा पाल्पाको तानसेनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पाण्डेले दुई तिहाईको दम्भ देखाएर सरकारले अधिनायकवाद चरित्र प्रदर्शन गरिरहेकाले काँग्रेस विरोधमा...

चन्द्र भण्डारीले भने ‘कम्युनिष्टहरु विकास र समाज विरोधी भए’
सोमबार, फागुन ३, २०७७
नेपाली काँग्रेसका केन्दीय सदस्य डा.चन्द्र भण्डारीले कम्युनिष्टहरु विकास र समाज विरोधी भएको बताएका छन् । काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा गुल्मीको तम्घासमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै भण्डारीलेयस्तो बताएका हुन् ।

पाल्पामा पनि काँग्रेसको सरकार विरुद्ध प्रदर्शन
सोमबार, फागुन ३, २०७७
प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रम गर्दै आएको नेपाली काँग्रेसले पाल्पा आज पनि विरोध प्रदर्शन गरेको छ । काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा पाल्पामा पनि गरेको हो । सिल्खानटोलस्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली टुडिँखेल, नाराणस्थान, तेस्रो सडक, हुँदै विशाल बजार पुगेर कोण...

सरकारको असंवैधानिक कदमका विरुद्ध प्रजातान्त्रिक विचार समाजको ध्यानाकर्षण
आइतबार, फागुन २, २०७७
नेपाली काँग्रेस निकट प्रजातान्त्रिक विचार समाजले वर्तमान सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाजले सरकारका पछिल्ला कदमले कानुनी शासनको खिल्ली उडाएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

ओलीको आश्वासन : ‘बलात्कारी र हत्याका आरोपितलाई कारवाही गरेरै छाड्छौं’
शनिबार, फागुन १, २०७७
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्मला, भागरथीलगायतका बलात्कारी र हत्याका आरोपितहरूलाई कारबाही गरेरै छाड्ने आश्वासन दिएका छन् । नेकपा (ओली समूह) ले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महिला हिंसा, बलात्कार र हत्यामा संलग्न दोषीलाई पानीमुनि गए पनि नछोडिने र सजाय पनि कम नहुने आश्वासन...

प्रतिनिधिसभा विघटनका विरुद्ध पाल्पा काँग्रेसको सोमबार पुनःप्रदर्शन
शनिबार, फागुन १, २०७७
प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रम गर्दै आएको कांग्रेसले फागुन ३ गते पुनः विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला समिति पाल्पाको आयोजनामा शुक्रबार बसेको उपलब्ध पदाधिकारी, जिल्ला समितिका सदस्य तथा महासमिति, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरुको बैठकले प्रदर्शनलाई बृहद गराउने निर्णय गरेको...

आज ओली समूहले बुटवलमा आमसभा गर्दै
शनिबार, फागुन १, २०७७
नेकपा ओली समूहले आज (शनिबार) लुम्बिनी प्रदेशको बुटवलमा आमसभा गर्ने भएको छ । आमसभाका लागि तयारी अन्तिम चरणमा पुगेको ओली पक्षले जनाएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ ओली समूहले आमसभा गर्दैछ ।

गुल्मीमा हुने विरोध सभाको नेता भण्डारीले सम्बोधन गर्ने
शनिबार, फागुन १, २०७७
प्रतिनिधि सभा विघटनको विरुद्ध गुल्मीमा हुन लागेको सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा.चन्द्र भण्डारीले सम्बोधन गर्ने भएका छन् । यही फागुन ३ गते काँग्रेस गुल्मीको आयोजनामा हुन लागेको विरोध सभालाई नेता भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।
.jpg)
‘बुटवलको जनसभा ऐतिहासिक हुन्छ’
शुक्रबार, माघ ३०, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देश दिन बुटवलमा जनसभाको आयोजना गर्न गरिएको बताएका छन् । सरकारलाई घेराबन्दीमा पारिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उनले समस्या भएपछि सरकारलाई पनि जनतामा जाने अधिकार रहेको स्पष्ट पारे ।

रामकुमारी झाँक्री रिहा भइन्
बिहीबार, माघ २९, २०७७
राजनीतिक प्रतिशोधले पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भएपछि सरकारको निर्देशनमा प्रहरीले झाँक्रीलाई तत्काल रिहा गरेको जनाइएको छ ।

रामकुमारी झाँक्री पक्राउ
बिहीबार, माघ २९, २०७७
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।