Shittalpati
‘एमालेलाई जिल्लाकै पहिलो पार्टीमै कायम राख्ने’

कृष्ण पोखरेल

पाल्पा, नेकपा एमाले पाल्पाका नव निर्वाचित अध्यक्ष धनेन्द्रराज घिमिरेले एमालेलाई जिल्लाकै पहिलो पार्टीमै कायम राख्ने बताएका छन् । नवौ जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले अहिलेसम्म जिल्लामै पहिलो पार्टीका रुपमा रहेको एमालेलाई पहिलो पार्टीको रुपमै कायमै राख्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नव निर्वाचित अध्यक्ष घिमिरेले पार्टीले दिएको जिम्मेवारी ईमान्दार पुर्वक, एमालेको विरासतलाई अझ उचाईमा पुर्‍याउने गरी काम गर्ने बताए । विगतमा पनि पार्टी विभाजनको अवस्थामा जिल्लाको नेतृत्व गरेको अनुभव र युवा साथीहरुको सहकार्यमा नेकपा एमालेलाई अझ उचाईमा पु¥याउने अध्यक्ष घिमिरेले प्रतिवद्धता जनाए ।

कार्यक्रममा पाल्पा जिल्ला ईञ्चार्ज तथा एमाले पोलिटिव्युरो सदस्य ठाकुर गैरेले जिल्लामा अहिले नयाँ अभ्यास थालिएको सबै पदाधिकारीमा नयाँ नेतृत्व आएकाले नयाँ जोश र जागरका साथ पार्टीलाई क्रियाशिल बनाउने बताए । जिल्ला कमिटीमा नसमिटिएका पार्टीका सक्रिय नेता तथा कार्यकर्ताहरुलाई दुई महिना भित्र उचित जिम्मेवारी दिईने पोलिटिव्युरो सदस्य गैरेले बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण आचार्यले एमाले कार्यकर्ताको लागि पद ठूलो नभएकोले आफुले अझ सक्रिय भएर पार्टीको काममा लाग्ने प्रतिवद्धता जनाए । कार्यक्रममा निर्वतमान उपाध्यक्ष मोहन थापाले भने आफु जीवन भर एमालेमै रहने, दुबै हात काटिए पनि सूर्यमा मतदान गर्ने प्रतिवद्धता जनाउदै सक्रिय राजनितिमा नरहने गरी सामाजिक काममा क्रियासिल हुने घोषणा गरे ।

कार्यक्रममा आठौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष नारायण प्रसाद आचार्य, उपाध्यक्ष मोहन थापा सचिव ओम बहादुर घर्ति मगर र सह सचिव मुक्तिराज कालिराजले नव निर्वाचित अध्यक्ष धनेन्द्रराज घिमिरे, उपाध्यक्ष देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल( रामजी) उप सचिव टिका थापा र सुनिता शर्मा लाई पदहस्तानतरण गरेका हुन । पदहस्तानतरण कार्यक्रममा निवर्तमान अध्यक्ष आचार्यले नवनिर्वाचित अध्यक्ष घिमिरेलाई माइनट बुक हस्तानतरण गरेका थिए ।

एमाले जिल्ला कमिटीमा को को परे त ?

तानसेन नगरपालिका

तानसेन नगरपालिकाबाट जिल्ला कमिटीमा २७ जना निर्वाचित भएका छन् ।

नवौ अधिवेशबाट जिल्ला कमिटीमा निर्वाचित हुनेहरुमा नन्दलाल भुषाल, महेश ब्रजाचार्य, धनिश्वर बस्याल, बुद्ध रावल, मैयादेवी घिमिरे, श्रीकृष्ण पोखरेल मोति प्रसाद सापकोटा, तुल बहादुर गाहा, बिनिता लुइटेल, कल्पना भण्डारी, गणेश बिष्ट, दामोदर घिमिरे, ठाकुर सिं वि.क., जुद्ध बहादुर थापा, कमला भण्डारी, बसन्ता ज्ञवाली, बिष्णु कार्की चुरा बहादुर गोदार, घनश्याम गैरे, लोचन तिमिल्सेना, तुल्सा गैरे, लक्ष्मी ज्ञवाली, पोषकान्त बस्याल, त्रिरत्नलाल शाक्य, दिपक बि.क., भरत प्रसाद न्यौपाने र अमिन बक्स मियाँ रहेका छन् ।

रिब्दीकोट

रिब्दीकोट गाउँपालिकाबाट ८ जना निर्वाचित भएका छन् । जसमा वेणीमाधव आचार्य, रामचन्द्र नेपाल, लिला कुमारी ज्ञवाली, नारायण बहादुर भाट क्षेत्री, शुक्रा गैरे, चक्र बहादुर कुवँर, लक्ष्मी खनाल, कृष्ण बहादुर जि.सी. रहेका छन् ।

बगनासकाली

बगनासकाली गाउँपालिका बाट ९ जना निर्वाचित भएका छन् । जसमा ढकेश्वर ढकाल, डोलराज भट्टराई, बल बहादुर गाहा, बामदेव बस्याल, भेषराज तिमिल्सीना, टोप बहादुर न्यौपाने, सरस्वती चिदी, खुमादेवी भट्टराई भोजेन्द्र प्रसाद खनाल रहेका छन् ।

रम्भा

रम्भा गाउँपालिकाबाट ६ जना नर्वाचित भएका छन् । जसमा मोनिसरा सारु, सावित्रा देवी कुमाल, विनोद कुमार श्रेष्ठ, कुभिजा अर्याल, बुद्ध सूर्यवंशी, भोज बहादुर वि.क. रहेका छन् ।

रामपुर

रामपुर नगरपालिकाबाट १९ जना निर्वाचित भएका छन् । जसमा राजेन्द्र प्रसाद लम्साल, कृष्ण प्रसाद श्रेष्ठ, दामोदर पाठक, सागर प्रसाद देवकोटा, भिम बहादुर नेपाली, सञ्जुदेवी परियार, विष्णु प्रसाद आचार्य, लिलबहादुर गाहा, हरेराम भण्डारी, रुद्रनारायण श्रेष्ठ, श्याम कुमार श्रेष्ठ, विष्णु बहादुर सारु, दुर्गा देवी राना, भेष बहादुर वंशी, राधीका भण्डारी, सुकदेव पोखरेल, लक्ष्मण प्रसाद भण्डारी, सरस्वती भट्टराई, बन्दना पोखरेल रहेका छन् ।

पूर्वखोला

पूर्वखोला गाउँपालिकाबाट ९ जना निर्वाचित भएका छन् । जसमा भगवती राना, कृष्ण प्रसाद भट्टराई, नुन बहादुर थापा, भागिरथी भट्टराई, सर्वाजित विश्वकर्मा, खेम बहादुर सारु, राजकुमार आले, मेयरसिंह थापा, हिरुसरा राना रहेका छन् ।

रैनादेवी छहरा

रैनादेवी छहराबाट ८ जना निर्वाचित भएका छन् । जसमा श्रीकृष्ण आत्रेय, ज्ञान प्रसाद भण्डारी, नारायण प्रसाद पोखरेल, बुद्धिमान बराल( सुनार), कविन्द्र रायमाझी, प्रेम घिमिरे, मिना जि.सी., गिता कुमारी भट्टराई रहेका छन् ।

निस्दी

निस्दी गाउँपालिकाबाट ७ जना निर्वाचित भएका छन् । जसमा हेम बहादुर खाँचा, भुवन थापा सोती, खरुगती राना, प्रितम आले, मिम्श्री वयम्वु, नविन्द्र थापा सोती, हुमबहादुर गैरे रहेका छन् ।

तिनाउ

तिनाउ गाउँपालिकाबाट ५ जना निर्वाचित भएका । जसमा दलबहादुर गुरुङ, ईन्द्रा कुमारी चिदी, गोमा भण्डारी, राम बहादुर दर्जी ( कौशल), चेत बहादुर सुनारी रहेका छन् ।

माथागढी

माथागढी गाउँपालिकाबाट ७ जना निर्वाचित भएका छन् । जसमा सन्तोष भट्टराई, राजकुमार पंन्थी, चन्द्र बहादुर नेपाली, तुल्सीराम भुसाल, छविकला अधिकारी, तारा बहादुर सारु, अर्जुन प्रसाद रेग्मी रहेका छन् ।

पेशागत संघ संस्था

पेशागत संघ संस्थाबाट ३ जना निर्वाचित भएका छन् । जसमा राम प्रसाद ढकाल, सुशिला श्रेष्ठ, चन्द्रकान्त न्यौपाने रहेका छन् । जिल्ला कमिटीमा दशै वटै पालिका बाट ८१ वडा समेट्ने गरी ८१ जना, विभिन्न भातृ संघठन अल्प संख्यक दलित, महिला गरी १ सय २१ सदस्यीय रहेको छ । एमाले पाल्पाले यस अघि भएका वडा, पालिका तथा केन्द्रिय महाधिवेशन प्रतिनिधी छनौट पनि सहमतीको आधारमा टुङ्गाएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update