Shittalpati
काँग्रेसलाई सबल र सक्षम पार्टी बनाउन सबै सक्रिय हुनुपर्छ: सभापति पन्थी

रमेश विश्वकर्मा
गुल्मी, नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काँग्रेसलाई सबल र सक्षम पार्टी बनाउन सबै सक्रिय हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस रेसुङ्गा नगरपालिका वडा १० को वडा कार्यालय उद्घाटन गर्दै सभापति पन्थीले नेपाली काँग्रेसलाई सबल, सक्षम र गतिशील पार्टी बनाउन सबै तहका समितिहरू सक्रिय हुनुपर्ने बताएका हुन् ।

‘मुलुक संघीयतामा प्रवेश गरेसँगै नेपाली काँग्रेसको विधानले यतिबेला सबै नेतैनेता भएका छौं ।’ गुल्मीका सभापति पन्थीले भने, ‘यसलाई सबैले कर्ममा रुपान्तरण गरेर पार्टीलाई बलियो बनाएर गुल्मीमा काँग्रेसलाई तीनै तहको निर्वाचनमा जिताउनुपर्छ ।’ पार्टी बलियो भएमा मात्र सबैले अवसर पाउने भन्दै निर्वाचनमा जित्नको लागि सबै सक्रिय भएर लाग्नुपर्ने बताउँदै सबैलाई चुनाव केन्द्रित भएर लाग्न उनले आग्रह गरे । उनले भने जनताका प्रिय र जनताकै घर–दैलोमा पुगेकालाई उनले विजयी गराउँछन्, हामी कर्मशील बनौं । सभापति पन्थीले आगामी निर्वाचनमा गुल्मीमा काँग्रेस पार्टीलाई जिताएर पहिलो पार्टी बनाउनु सबैको मुख्य ध्येय रहेको बताए । त्यस्तै लुम्बिनी प्रदेश सदस्य विष्णुकुमारी सापकोटा, क्षेत्रीय सभापति एवम् सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, क्षेत्र नम्बर १ को प्रदेश (ख) सभापति हरिप्रसाद अर्याल र रेसुङ्गा नगरपालिकाका सभापति जयश्वर पन्थीले सबै एकताबद्ध भएर अगाडि बढ्न सबैलाई आग्रह गरेका थिए । आमजनताका माझ सबै मिलेर पुग्नुपर्ने बेला आएको भन्दै सबै तहका नेता कार्यकर्ता एक भएर जनताको बीचमा जानुपर्ने बताइएको छ । कार्यक्रममा बोल्ने वक्ताले अबको एउटै उद्देश्य सबैलाई एक बनाएर काँग्रेसलाई जिताउनु रहेको बताएका छन् । कार्यक्रममा जिल्ला नेपाली काँग्रेस गुल्मीका उपसभापति अनन्तराम पौडेल, जिल्ला सचिव भगतसिंह खड्का र सचिव जगदीश भट्टराई, सह-सचिव छविलाल पाण्डे, सदस्य सीता देवी पाण्डे, निर्वाचन क्षेत्र १ (ख) का सभापति सन्तोष गौतम, नेपाल शिक्षक संघका उपमहासचिव तथा महासमिति सदस्य धना भण्डारी, निर्वाचन क्षेत्र १ (ख) का प्रदेश सचीव कृष्णप्रसाद पाण्डे, क्षेत्रीय सहसचिव डिल्लीराज पाण्डे लगायतको उपस्थित रहेको थियो । कार्यक्रम वडासभापति रामप्रसाद पाण्डेको सभापतित्वमा सञ्चालन भएको कार्यक्रम वडा सचिव विष्णु अर्यालले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update