Shittalpati
नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन

पाल्पा, नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन भएको छ । तानसेनको बसन्तपुरमा नेपाली काँग्रेस वडा ३ को कार्यालयको एक कार्यक्रमका बिच समुद्घाटन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार लुम्बिनी प्रदेश सरकारका माननीय मन्त्री एवं नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति वीरबहादुर रानाले कार्यालयको समुद्घाटन गरेका थिए । मन्त्री रानाले सबल सक्षम र सांगठनिक नेपाली काँग्रेस अब नयाँ सोंचबाट अगाडि बढदैछ । आगामी निर्वाचनमा काँग्रेस पार्टीलाई पहिलो पार्टी बनाउन साथीहरू वडादेखि नै लागेको र वडा ३ ले जस्तै सबै वडाले कार्यालय स्थापना गरी अघि बढ्न शुभकामना दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपसभापति भरत शर्मा, नेपाल महिला संघ पाल्पाकी उपसभापति मीना पन्थी, महासमिति सदस्य एवं युवा नेता राजेन्द्रगोपाल सिंह, विशिष्ट अतिथि तानसेन नगर समितिका सभापति सुवर्णमुनि शाक्य, विशिष्ट अतिथि नेपाली काँग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडा ३ का सभापति पुष्करराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति पल्लव केसीको स्वागत र सचिव सुनिल थापा क्षेत्रीको सञ्चालन रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update