पाल्पामा किसान महासंघले मनायो धान दिवस
आइतबार, असार १५, २०८२
मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी
आइतबार, असार १५, २०८२
तानसेनमा मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा मिडियाकर्मीलाई स्वास्थ्य प्रवद्र्धन सम्बन्धी जानकारी गराउने उद्देश्यले पैरवी कार्यक्रम गरिएको हो ।
लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ
आइतबार, असार १५, २०८२
लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको छ । धान रोपाइँ गर्ने समय आज असार १५ गतेसम्मको तथ्याङ्कअनुसार हालसम्म ७२ हजार ५२० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो जम्मा सम्भावित क्षेत्रफलको २३ दशमलव ९४ प्रतिशत हो ।
बुटवल नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
आइतबार, असार १५, २०८२
(नवलपरासी), बुटवल नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी
आइतबार, असार १५, २०८२
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउको तरकारी पकाएर खाँदा एउटै गाउँका १६ जना बिरामी भएका छन् ।
आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना
आइतबार, असार १५, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ ।
असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
आइतबार, असार १५, २०८२
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
तानसेनका अर्जुनले गरे सगरमाथाको सफल आरोहण
शनिबार, असार १४, २०८२
जिल्लाको तानसेन नगरपालिका –७ काजीपौवाका अर्जुन थापा मगरले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले जेठ १३ गते बिहान ६ बजेर १८ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
रोटरी क्लव पाल्पा तानसेनले भव्य रुपमा मनायो २५ औं स्थापना दिवस
शनिबार, असार १४, २०८२
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ पाल्पा तानसेनले भव्य रुपमा आफ्नो २५ औं स्थापना दिवस मनाएको छ ।
कम्युनिष्टले जनभावना अनुसार काम नगरेकोमा चिन्ता व्यक्त
शनिबार, असार १४, २०८२
पछिल्लो समय कम्युनिष्ट पार्टीले जनभावना अनुसार काम गर्न नसकेकोमा चिन्ता व्यक्त गरिएको छ । पुष्पलाल स्मृती प्रतिष्ठान नेपाल तानसेन पाल्पाले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालाको १०१ औ जन्मजयन्तीको अवसरमा आयोजना गरेको नेपालमा कम्युनिष्ट आन्दोलन र यसको भविष्य विषयक छलफल बहस तथा अन्तक्र्रियामा सहभागीहरुले कम्युनिष्ट पार्टीले जनभावना अनुसार काम गर्न नसकेकोमा...
पाल्पाको एसईई नतिजामा सुधार : ६ जनाले ल्याए चार जिपिए
शनिबार, असार १४, २०८२
पाल्पामा यस वर्षको एसईई नतिजामा सुधार आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको एसईई परिक्षा २०८१ को नतिजामा गत वर्षको तुलनामा केही सुधार देखिएको हो ।
लेक उक्लिए गोठाला
शनिबार, असार १४, २०८२
(बागलुङ), बर्खामा लेक र हिउँदमा बेसी सर्ने पश्चिम बागलुङका गोठालाको परम्परानै भइसक्यो । निसीखोला, तमानखोला र ढोरपाटनका धेरैजसो स्थानीयको मुख्य पेसा पशुपालन भएकाले चरिचरनका लागि लेकबेसी गर्ने गर्छन् ।
विद्यार्थीलाई पढाईसँगै सिप
शनिबार, असार १४, २०८२
बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा रहेको सरस्वती माविको कक्षा ८ का विद्यार्थी जोन पुनको ‘हाउस वायरिङ’सम्बन्धी तालिम लिएपछि आत्मविश्वास बढेको छ ।


