Shittalpati
फरक क्षमता भएकालाई गुल्मी जिल्ला समाजद्वारा आर्थिक सहयोग

गुल्मी, बेलायतस्थित गुल्मी जिल्ला समाजले फरक क्षमता भएकी इस्मा गाउँपालिका–३ की ४२ वर्षीया बीना नेपालीलाई रु ५० हजार र गुल्मीदरबार गाउँपालिका–५ का २४ वर्षीय रवीन रानालाई पनि त्यति नै नगद प्रदान गरेको छ । 

समाजले अपाङ्गता दिवसका अवसरमा उनीहरूलाई आर्थिक सहयोग गरेको हो । साथै समाजले फरक क्षमताकी नेपालीका निम्ति अपाङ्गमैत्री शौचालय पनि निर्माण गरिदिएको छ । यसैगरी, समाजले सत्यवती गाउँपालिका–४ का अशक्त ईश्वर शर्मा, अनुज ज्ञवाली र गुल्मीदरबार गाउँपालिका–५ का नेत्रबहादुर रानालाई  पनि जनही रु ५० हजार प्रदान गरेको छ ।
   
समाजले बुधबार एक विज्ञप्ति निकालेर सत्यवती बहुमुखी क्याम्पसलाई रु एक लाख, आशा अपाङ्ग केन्द्रलाई रु एक लाख, रेडियो पुष्पाञ्जलीलाई रु ५० हजार र रुरुक्षेत्रमा रहेको अटिजम पाठशालालाई रु ५० हजार प्रदान गरेको जनाएको छ ।   

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update