अदुवा खेतीको विकल्प बन्यो बेसार
बिहीबार, मंसिर ११, २०७७

‘कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ अर्याललाई
बुधबार, मंसिर १०, २०७७
‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याललाई दिइने भएको छ । विनयकुमार कसजु स्मृति प्रतिष्ठानले पहिलो पुरस्कारअध्यक्ष अर्याललाई दिने निर्णय गरेको हो ।

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
बुधबार, मंसिर १०, २०७७
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...

बुधबार तानसेनका थप १८ जनासहित पाल्पामा २५ जनामा कोरोना पुष्टि
बुधबार, मंसिर १०, २०७७
पाल्पामा तानसेनका थप १८ जनासहित पाल्पाका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बुधबारबार प्राप्त विवरण अनुसार १३ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

उखु किसानले अझै पाएनन् भुक्तानी
बुधबार, मंसिर १०, २०७७
जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए ।

कर्मचारी तयारी कक्षा पढाउन कार्यविधि
बुधबार, मंसिर १०, २०७७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको तयारी कक्षा पढाउने कर्मचारीका लागि मापदण्ड र कार्यविधि बनाउने भएको छ । तत्काललाई सम्बन्धित मन्त्रालयको सचिवले स्वीकृतका लागि सिफारिस गर्ने भए पनि दीर्घकालीनका लागि मापदण्ड र कार्यविधि बनाइने मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

घुस लिएको अभियोगमा वन रक्षक विरुद्ध मुद्दा
मंगलबार, मंसिर ९, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मा विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

पाल्पामा मंगलबार ४३ जना कोरोना संक्रमण मुक्त
मंगलबार, मंसिर ९, २०७७
पाल्पामा मंगलबार ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लाका विभिन्न स्थानका ३० पुरुष र १३ जना महिला कोरोना संक्रमण मुक्त भएका हुन् ।

पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु
मंगलबार, मंसिर ९, २०७७
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । रामपुर नगरपालिका १० का ८४ वर्षका पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

किसानलाई घाँसको बीउ वितरण
मंगलबार, मंसिर ९, २०७७
व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि गल्याङ नगरपालिकाले किसानलाई घाँसको बीउ वितरण गरेको छ । नगरपालिकाको पशुसेवा शाखाको समन्वयमा किसानलाई घाँसको बीउ वितरण गरिएको हो ।

कृषि तथा वनजन्य उद्योगमा आकर्षण
मंगलबार, मंसिर ९, २०७७
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कृषि तथा वनजन्य उद्योगतर्फ आकर्षण बढ्दै गएको छ । विशेषगरी विदेशबाट फर्केका युवा र महिला व्यावसायिक कृषि उद्यमतर्फ लागेका हुन् । पछिल्लो समय जिल्लामा कृषि तथा वनजन्य उद्योग वृद्धि हुन थालेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
मंगलबार, मंसिर ९, २०७७
आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो ।

देशभर कक्षा १२ को परीक्षा सुरु, ढुक्क भएर परीक्षा दिन सरकारको आग्रह
मंगलबार, मंसिर ९, २०७७
कोरोना महामारीका बीच आजदेखि देशभर कक्षा १२ को परीक्षा हुँदै छ । कोभिड–१९ का कारण स्थगित परीक्षा आजविहान ८ बजेदेखि सञ्चालन हुन लागेको हो ।