Shittalpati
गुल्मी काँग्रेसको मध्य–समीक्षात्मक बैंठक

रमेश विश्वकर्मा
गुल्मी, ‘गुल्मी काँग्रेसको अठोट : सबल वडा, सक्षम टोल’ अभियानको जिल्लाका ९३ वटै वडामा मध्य–समीक्षात्मक बैठक भएको छ । गत पौष २७ गते जिल्लाका ९३ वटै वडामा प्रतिनिधि खटाएर सुभाराम्भ गरिएको अभियानको मध्य–समीक्षात्मक बंैठक भएको हो ।

अभियानको मध्य–समीक्षात्मक बैठकका लागि जिल्लाका ९३ वटै वडामा जिल्लाबाट प्रतिनिधि खटाइएको जिल्ला सभापति खिलध्वज पन्थीले जानकारी दिए । गत पौष २१ गते नेपाली काँग्रेस जिल्लाको पहिलो बैठकले ‘गुल्मी काँग्रेसको अठोट ः सबल वडा, सक्षम टोल’ अभियान नामक संकल्प पारित गरेको थियो । पार्टी संगठनलाई बलियो बनाउनका लागि यस्तो अभियान सञ्चालन गरिएको सभापति पन्थीले बताए । काँग्रेस पार्टीलाई जिल्लामा सबल र सक्षम पार्टी बनाउन सबै तहका नेता तथा कार्यकर्ताहरु सक्रिय हुनुपर्ने भएकाले यो अभियानको आवश्यकता परेको पन्थीको भनाई छ । जिल्लामा काँग्रेस पार्टीमा एकता र एक रुपता कायम राख्नको लागि पनि यो अभियानले महत्वपूर्ण टेवा पुग्नेमा उनले विश्वास व्यक्त गरे । उनले अब पार्टीका सबै नेता तथा कार्यकर्ताहरुले आफुले पाएको जम्मेवारीलाई कर्मको रुपमा रुपान्तरण गरेर देखाउने बेला आएकाले पनि अभियान सञ्चालन गरिएको बताए । अभियानलाई सफल बनाउनका ९३ वटै वडामा जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य एवम् भातृ तथा शुभेच्छुक संस्थाहरुलाई पनि प्रतिनिधिको रुपमा खटाइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update