मेसिनमा आलुको वीउ राख्दै कृषक
मंगलबार, मंसिर १६, २०७७

पाल्पा र गुल्मीका १४ पालिकामा १५ शैयाको अस्पताल
मंगलबार, मंसिर १६, २०७७
पाल्पा र गुल्मीका १४ पालिकामा १५ शैयाको अस्पताल निर्माण हुन लागेका छन् । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्ने नीतिअनुरुप पाल्पाका ३ र गुल्मीका ११ स्थानीय तह गरी १४ पालिकामा अस्पताल निर्माण हुन लागेका हुन् ।

भारतमा संक्रमितको संख्या ९४ लाख नाघ्यो
सोमबार, मंसिर १५, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो ।

थप एक हजार नौं सय ३१ संक्रमित निको
सोमबार, मंसिर १५, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार नौ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोमबार देशका विभिन्न स्थानका अस्पतालबाट एक हजार नौ सय ३१ जना संक्रमित निको भएका हुन् ।

गुल्मीदरबार गाउँपालिकामा १५ शैया अस्पतालको शिलान्यास
सोमबार, मंसिर १५, २०७७
गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । गाउँपालिकाको वडा नं. ३ धुरेलडाँडामा १५ शैयाको अस्पताल भवन निर्माण गर्न लागिएको हो ।

आज पाल्पा सहित ३९६ पालिकामा १५ शैयाको अस्पताल शिलान्यास गरिदै !
सोमबार, मंसिर १५, २०७७
सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित अस्पताल नभएका पाल्पा सहित ३९६ वटा स्थानीय तहमा आज अस्पताल निर्माणको शिलान्यास गर्दै छ । ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले ५, १० र १५ शैयाका अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।

१२ सय ५५ संक्रमित थपिए
सोमबार, मंसिर १५, २०७७
पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

परीक्षा अनुगमन गर्दै
सोमबार, मंसिर १५, २०७७
माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराई राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको अनुगमन गर्दै ।

पाल्पामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, मंसिर १४, २०७७
पाल्पामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु
आइतबार, मंसिर १४, २०७७
जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक...

पाल्पामा नेपाल नागरिक अभियान गठन
शनिबार, मंसिर १३, २०७७
पाल्पामा नेपाल नगरिक अभियान गठन भएको छ । शनिबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी कृष्ण विष्टको अध्यक्षतामा नागरिक अभियान गठन भएको हो । जसको उपाध्यक्षमा हरिप्रसाद बस्याल, सचिव जयन्ती घिमिरे, कोषाध्यक्ष भानु बज्राचार्य र सह–सचिवमा श्रीकृष्ण गौतम रहेका छन् ।

पाल्पाका थप ६७ जना संक्रमितले कोरोना जिते
शनिबार, मंसिर १३, २०७७
पाल्पामा थप ६७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शनिबार प्राप्त भएको विहीबार, शुक्रबार र शनिबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ६७ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालका ४६ जना संक्रमितले कोरोना जितेका छन् ।