Shittalpati
आवश्यकता अनुसार स्थानीयतहमा गठबन्धन हुन्छ : काँग्रेस नेता कोइराला

गुल्मी, आवश्यकता अनुसार स्थानीयतहमा गठबन्धन हुन्छ ः काँग्रेस नेता कोइराला

स्थानीयतहमा आवश्यकताका आधारमा गठनबन्धन गर्ने जिम्मा जिल्ला कार्य समितिलाई भएको भन्दै यद्यपि यसबारे केन्द्रले निर्णय भने गरिनसकेको बताए । पत्रकारहरुले पार्टीभित्र अन्तरघातको विषयमा गरेको प्रश्नमा नेता कोइरालाले पार्टीका कुनै पनि जिम्मेवार नेता कार्यकर्तालाई अन्तरघात गर्ने छुट नभएको बताए । उनले भने,–‘यदि पार्टीको जिम्मेवार नेता÷कार्यकर्ताले अन्तरघात जस्ता क्रियाकलाप गरेको पाइए पार्टीको अनुशासन विपरितको कार्वाही हुन्छ ।’ उनले अभियानका माध्यमबाट काँग्रेस सरकारमा हुँदा भएका राम्रा कार्यहरु घर–घर लिएर जाने बताए । काँग्रेसको नेतृत्वमा एमसीसी संसदबाट पारिएको भएको र यसबारे जनस्तरमा छरिएको भ्रम र दुष्प्रचारलाई बुँदागतरुपमा चिर्दै वास्तिवकता बुझाउने कार्य समेत अभियानले गर्ने बताए । तत्कालीन नेकपाको सरकारले ३ वर्षे कार्यकालमा भएका जनविरोधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रुपमा राख्ने कोइरालाले बताए । गलत कार्य गर्ने आफ्नै पार्टीको नेता भएपनि त्यसको विरोध गर्ने उनको भनाई छ ।

काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले गुल्मी काँग्रेसको अठोट, सक्षम वडा सबल टोल अभियानले पनि जनतामा जागरुकता ल्याएको बताए । सभापति पन्थीले यस अभियानका क्रममा हरेक नागरिकसँग संवाद गरिने बताए । उनले अभियान दौडाहमा जनता समक्ष आफ्ना कुराहरु भन्ने मात्र नभई प्रत्यक्ष जनताका पीर, मर्काहरु र आश्यकताहरु सुन्ने र मनन् गर्ने पनि बताए । सभापति पन्थीले यस पटक पार्टीका जिम्मेवार कार्यकर्ता निर्वाचनमा निष्क्रिय बसेपनि पार्टीको अनुशासनको धारा आकर्षित हुने बताए । सभापति पन्थीले भने,‘चुनावमा असहयोग गर्ने त कुरै छोड्नुस, पार्टीले स्पष्ट विधानमा, नियमावलीमा लेखेर पठाएको छ । निष्क्रिय बसेपनि त्यो पार्टीको कर्मशिल कार्यकर्ता हुन सक्दैन् । उसतर्फ अनुशासनको धारा आकर्षित हुन्छ ।’ यसले निर्वाचनमा अन्तरघात हुने सम्भावनालाई घटाएको दाबी गरे । पत्रकार सम्मेलनमा पार्टी सचिव जगदीश भट्टराईले यस अभियान अन्र्तगत गरिने कार्ययोजनाका विषयमा पत्रकारहरुलाई जानकारी गराएका थिए । पत्रकार सम्मेलनको सहजीकरण पार्टीका अर्का सचिव भगसिंह खड्काले गरेका थिए । पत्रकार सम्मेलनमा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update