Shittalpati
प्रतिनिधिसभाको बैठक चैत २ गते

पाल्पा, प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्‍ने भएको छ । एमालेको अवरोधबीच आइतबार सञ्चालन भएको बैंठकमा केही प्रस्ताव पेश गर्दै अर्को बैंठक चैत २ गेत रखिएको हो ।

आइतबारको बैंठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८’ पेस गरेका थिए ।यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्धको महाअभियोग प्रस्ताव पनि संसद्मा पेस भएको छ । उक्त प्रस्तावमाथिको छलफल बुधबार दिउँसो १ बजे बस्‍ने बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् ।

बैठकको प्रारम्भमै नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गर्दै ‘वेल’ घेराउ गरेका थिए । नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसद डा भीमबहादुर रावललाई बोल्ने समय दिएका थिए । सांसद रावलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौताका केही असन्तुष्टी सम्बोधन हुनुपर्ने धारणा व्यक्त गर्दै अनुमोदनपछि एमसिसी कार्यान्वयनको अवस्थाबारे जनताले जानकारी पाउनुपर्ने बताए । साथै उनले भारतीय पक्षबाट नेपालको पश्चिम सीमानामा एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको उल्लेख गर्दै त्यसबारेमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update