Shittalpati
गुल्मी तरुण दलको वृहत प्रशिक्षण

गुल्मी, गुल्मीमा नेपाल तरुण दलको वृहत् प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाल तरुण दल रेसुङ्गा नगरपालिका वडा नम्बर ८ को आयोजनामा गर्जुरामा वृहत् प्रशिक्षण कार्यक्रम गरिएको हो ।

वृहत् प्रशिक्षण कार्यक्रमको नेपाली काँग्रेस गुल्मीमा महासमिति सदस्य तथा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद भलामीले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस गुल्मीका महासमिति सदस्य भलामीले नेपाली काँग्रेसका १३ भातृ र १७ शुभेच्छुक संस्था रहेको भन्दै सबैलाई संगठित र क्रियाशील बनाउन पार्टी निरन्तर लागिरहेको बताए । ’राजनीतिक पार्टी एउटा भावना हो ।’ प्रमुख अतिथि भलामीले भने, “प्रजातन्त्रलाई संस्थागत गर्न निर्वाचन आवश्यक रहेकोले आउने निर्वाचनका लागि नेपाली काँग्रेस क्रियाशील भएर जित्न आवश्यक छ ।“ नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी भएकोले सबै अट्न सकिने भलामीले बताए । नेपाल तरुण दल गुल्मीका अध्यक्ष भरत भलामीले प्रत्येक तरुणमा राजनीतिक ज्ञान हुन जरुरी रहेको बताए । प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल तरुण दल गुल्मीका अध्यक्ष भलामीले युवाहरू संगठित भएर आफ्ना अधिकार र कर्तव्य भुल्न नहुने बताए । वृहत् प्रशिक्षण कार्यक्रममा प्राध्यापक तथा अधिवक्ता नेपाल प्रजातान्त्रिक महासंघ गुल्मीका अध्यक्ष गुणानिधि शर्मा प्रशिक्षकको रुपमा रहेका थिए । उपस्थित तरुण दलका नेता तथा कार्यकर्ताहरुलाई शर्माले नेपाली काँग्रेसको सिद्धान्त राष्टियता, लोकतन्त्र र समाजवादको सम्बन्धमा प्रशिक्षित गराएका थिए । सबै संगठित र एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता र तरुण दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update