Shittalpati
पाल्पा जिससमा एमालेको प्यानलै विजयी
पाल्पा जिससमा एमालेको प्यानलै विजयी जिल्ला समन्वय समिति पाल्पामा एमालेको प्यानलै विजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई हराउदै एमालेका उम्मेदवारहरु विजयी भएका हुन् ।
‘अथक’ को यात्रा शिक्षकदेखि क्याम्पस प्रमुखसम्म
‘अथक’ को यात्रा शिक्षकदेखि क्याम्पस प्रमुखसम्म  नेपाली शब्द कोष अनुसार ‘अथक’ को अर्थ हो नथाक्ने । अर्थजस्तै निरन्तर शैक्षिक, सामाजिक, साहित्यिक र मानवअधिकारका क्षेत्रका क्रियाशिल नाम हो पुष्कर ‘अथक’ रेग्मी ।
स्वास्थ्य स्वयं सेविकाहरुलाई आधारभूत तालिम
स्वास्थ्य स्वयं सेविकाहरुलाई आधारभूत तालिम जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य स्वयं सेविकाहरुका लागि आधारभूत तालिम दिएको छ । पालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको लागि १० दिने आधारभूत तालिम दिएको हो । 
माथागढी बन्यो ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’
माथागढी बन्यो ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ जिल्लाको माथागढीलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो । पूर्ण खोप घोषणाका लागि १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ ।
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाल्पाले प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार ज्ञापनपत्र बुझाएको छ । भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रण, किसानलाई समयमा नै मल, विउ उपलव्ध गराइनु पर्ने लगायतका जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुसहित राप्रपाले ज्ञापनपत्र बुझाएको हो ।
निस्दी मित्यालका असल बुहारी सम्मानित
निस्दी मित्यालका असल बुहारी सम्मानित सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका जेष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो । मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको छ ।
विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ यो वर्ष विश्व रक्तदाता दिवस मनाउन लागिएको हो ।
किसानलाई मलको पिरलो
किसानलाई मलको पिरलो यहाँका बालीनालीमा समयमा नै रासायनिक मल दिन नसक्दा सप्रन सकेको छैन । विशेषगरी मकै बालीको समय रहेको हुँदा यतिबेला खेतबारीमा मकै छरेको समयदेखि नै युरिया मलको अभावले बाली सप्रन नपाएको कृषक दुर्गा आचार्य बताउँछन् ‘कालोबजारीमा बिक्री भएको युरिया मल महँगो मूल्यमा (प्रतिकिलो ४२) किनेर एकपटक मकैमा प्रयोग गरियो, दोस्रो पटक...
पाल्पा  रामपुरका  किसानलाई बीउ वितरण
पाल्पा रामपुरका किसानलाई बीउ वितरण उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो ।
‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’
‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’ प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
तिनाउमा नेकपा एमालेको वडा भेलासँगै कमिटी पुनर्गठन
तिनाउमा नेकपा एमालेको वडा भेलासँगै कमिटी पुनर्गठन नेकपा एमाले पाल्पा तिनाउ गाउँपालिका वडा नंं. १ कचलको वडा भेलासँगै कमिटि गठन भएको छ । वडा कमिटी बैठकले आगामी असार भित्र पार्टी सदस्यता नविकरण गर्ने, नयाँ सदस्यता थप गर्ने, बस्ती बस्तीमा पुगेर योजना संकलन गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको छ ।
पाल्पा बौद्ध युवा संघ पुग्यो खाद्यान्न लिएर आश्रममा
पाल्पा बौद्ध युवा संघ पुग्यो खाद्यान्न लिएर आश्रममा बौद्ध धर्मलम्वीहरुको संस्था बौद्ध युवा संघ पाल्पा खाद्यान्न लिएर तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेको छ । शनिबार बौद्ध युवा संघको आयोजनामा संघमा आवद्ध युवाहरु र बौद्ध महिला समितिका महिलाहरु आफ्नो वार्षिक उत्सवको अवसरमा खाद्यान्न लिएर आश्रम पुगेका हुन् ।
Weather Update