Shittalpati
लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

बुटवल, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले–माओवादी गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित बुधबार प्रदेश प्रमुख अमिक शेरचनसँग दाबी पेस गरेका थिए । गिरीले बहुमत देखाएपछि प्रदेश प्रमुख शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले संसदीय दलका नेतासमेत रहेका गिरी यसअघि पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज रहेका गिरी मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा‚ जनमत पार्टी र तीन स्वतन्त्रसांसदले समर्थन गरेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update