जनप्रियका विद्यार्थी विद्यालयमै बसेर एसइईको तयारी गर्दै
शुक्रबार, वैशाख ९, २०७९
धुर्कोटको अध्यक्षमा काँग्रेसबाट भण्डारी
बिहीबार, वैशाख ८, २०७९
धुर्कोट गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट महेन्द्र भण्डारी उमेदवार भएका छन् । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।
रामपुरमा सुरू भयो बेल विवाह
बिहीबार, वैशाख ८, २०७९
जिल्लाको रामपुरमा बेल विवाह अर्थात् सामुहिक ईहि यज्ञ सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यज्ञको बिहीबारदेखि विधिवत रुपमा सुरु भएको हो । नेवाः समाज रामपुरको आयोजनामा कन्या (कुमारी) हरुको ईहि र बटुक (कुमार)हरुको व्रतबन्ध नेवारी संस्कृति र परम्परा अनुसार यज्ञ सुरु भएको जनाइएको छ ।
तिनाउ कोभिड पूर्ण खोप सुनिश्चित पालिका घोषणा
बुधबार, वैशाख ७, २०७९
जिल्लाको तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिका कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने ७ सय ५३ स्थानीय तहमध्येमा पाँचौ र गाउँपालिका मध्ये दोस्रो भएको छ ।
नेपाली काँग्रेस पाल्पा क्षेत्र नं.२ को कार्यालय उद्घाटन
बुधबार, वैशाख ७, २०७९
नेपाली काँग्रेस क्षेत्र नं. २ को क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । बुधबार तानसेनको लहरेपिपलमा एक औपचारिक कार्यक्रमकाबिच कार्यालयको उद्घाटन गरिएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै सभापति श्रेष्ठले गठबन्धनबिचको छलफल सहमति नजिक पुगेको बताएका छन् ।
पाल्पाको तिनाउमा पहिरोमा परी एक जनाको ज्यान गयो
बुधबार, वैशाख ७, २०७९
जिल्लाको तिनाउ गाउँपालिका –१ कलचमा पहिरोमा परी एक जनाको ज्यान गएको छ । बुधबार विहान सोही ठाउँका ६१ वर्षीय दिलबहादुर हिस्कीको पहिरोमा परेर ज्यान गएको हो ।
पाल्पा रेडक्रसको खोज र खोप अभियान, पालिकालाई शत प्रतिशत कोभिड खोप सुनिश्चत गर्ने
बुधबार, वैशाख ७, २०७९
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले खोज र खोप अभियान सञ्चालन गरेको छ । उसले पाल्पाको निस्दी र पूर्वखोला गाउँपालिकालाई कोभिडको शत प्रतिशत खोप सुनिश्चत भएको गाउँपालिका बनाउनका लागि खोज र खोप अभियान सञ्चालन गरेको हो ।
वैशाख ८ देखि रामपुरमा बेल विवाह हुँदै
बुधबार, वैशाख ७, २०७९
जिल्लाको रामपुरमा बेल विवाह हुने भएको छ । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा बैशाख ८ गते देखि १० गते सम्म बेल विवाह (सामुहिक ईहि यज्ञ ) हुने भएको हो । बेल विवाह नेवार समुदायमा परम्परादेखि चल्दै आएको संस्कृति हो । महिनावारी नभएका कन्या केटीहरुको ७ वर्ष तथा ९ वर्षमा बेल...
‘कानुनको अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या’
बुधबार, वैशाख ७, २०७९
सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताउका छन् । लुम्बिनी प्रदेशसभाद्वारा मंगलबार आयोजित ‘अन्तर प्रदेश व्यवस्थापिका’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले भने, ‘आ–आफ्नो अनुकूलता अनुसार कानुनको व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको छ ।’
एक चिकित्सकको भरमा पँचास शैयाको अस्पताल
मंगलबार, वैशाख ६, २०७९
रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएको हो । पँचास शैयाको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ ।
बिमा कार्यक्रमको सेवा बन्द गर्ने मिसन अस्पतालको निर्णय स्थगित
मंगलबार, वैशाख ६, २०७९
स्वास्थ्य बिमा बापतको भुक्तानी रोकिँदा सेवा बन्द गर्ने निर्णय गरेको तानसेनको युनाइटेड मिसन अस्पतालले उक्त निर्णय स्थगित गरेको छ । स्वाथ्य बिमा बोर्डबाट केही रकम भुक्तानी भएपछि अस्पतालले सेवा बन्द गर्ने निर्णय स्थगित गरेको हो ।
व्यक्तिगत घटना दर्ताको महत्वप्रति सजग हुनुपर्नेमा जोड
मंगलबार, वैशाख ६, २०७९
व्यक्तिगत घटना दर्ताको महत्वप्रति सजग हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले राज्यका हरेक योजना निर्माण र स्थान विशेषको खास खास रणनीति बनाई कार्यान्वयन गर्नको लागि यथार्थ तथ्याकं चाहिने र त्यसका लागि समयमै हरेक घटना दर्ता हुनु पर्ने भन्दै त्यसको महत्व र आवश्यकता प्रति आम नागरिक सचेत हुनुपर्नेमा...
आजदेखि सातौँ कृषि गणना सुरु, पाल्पाका एक सय ६४ क्षेत्रमा कृषि गणना
मंगलबार, वैशाख ६, २०७९
पाल्पा सहित देशभर कृषि गणना सूरु भएको छ । प्रत्येक १०÷१० वर्षमा गरिने कृषि गणना आजदेखि सातौं गणनाका रुपमा गर्न लागिएको हो ।


