गाउँमा पहिलो पटक बिजुली पुगेपछि...
मंगलबार, असोज ११, २०७९
असईका छोराले जन्मदिनमा गराए असहायलाई भोजन
मंगलबार, असोज ११, २०७९
पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने नाममा जथाभावी फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएका बेला पाल्पामा भने नेपाल प्रहरीका एक असईका छोराले जन्मदिनमा असहायलाई भोजन गराएका छन् ।
पाल्पामा गठबन्धन दलले माग्यो पत्रकारसँग सुझाव
मंगलबार, असोज ११, २०७९
पाल्पामा पाँच दलीय गठबन्धन दलले जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ । मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकाले गठबन्धन दलले के गर्दा राम्रो हुन्छ ? भन्ने विषयमा सुझाव मागेको हो ।
मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक : गृहमन्त्री खाण
सोमबार, असोज १०, २०७९
गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन् । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताए ।
छहराको भुवनपोखरीमा आयुर्वेदिक क्लिनिक सञ्चालन
सोमबार, असोज १०, २०७९
जिल्लाको रैनादेवीछहरा गाउँपालिकाले वडा नंं ३ भुवनपोखरीमा नागरिक आरोग्य सेवा गाउँ घर क्लिनिक सेवा सुुरु गरेको छ । नागरिक आरोग्य सेवाको गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले शुभारम्भ गरे ।
बडादसैं सुरु, आज घटस्थापना, १०ः२३ मा शुभ साइत
सोमबार, असोज १०, २०७९
प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घर–घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
‘चिज’ बनाउन सिकाउँदै गल्याङ नगरपालिका
सोमबार, असोज १०, २०७९
स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका किसानलाई चिज बनाउने सीप सिकाएको छ । दूध उत्पादन बढ्दै गएपछि उनीहरूलाई चिज बनाउने सीप प्रदान गरिएको हो । नेपाली बजारमा चिजको माग बढ्दो क्रममा रहेको र मूल्य पनि राम्रो पाइने भएपछि नगरपालिकाको पहलमा ‘फार्मर टु फार्मर’ कार्यक्रम अन्तर्गत अमेरिकी सरकारको प्राविधिक सहयोगमा ‘मोजरेल्ला चिज’ उत्पादन...
काँग्रेसको समानुपातिक सूचीमा अधिकांश नातागोता
आइतबार, असोज ९, २०७९
नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा अधिकांस नातागोता परेका छन् । सूचीमा प्रधानमन्त्रीपत्नीदेखि मन्त्री तथा पार्टीका वरिष्ठ नेताका पत्नीहरु परेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका हन् ।
आजबाट सकिँदै सोह्रश्राद्ध
आइतबार, असोज ९, २०७९
पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यस वर्षको सोह्रश्राद्ध विसर्जन गरिँदै छ । औँसी तिथि श्राद्ध गरी सोह्रश्राद्ध समापन गर्न लागिएको हो । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ...
नयाँ जीवन पाउँदैछन् हातखुट्टा गुमाएका
आइतबार, असोज ९, २०७९
नवलपरासीपूर्वमा सबल केन्द्र स्थापना भएपछि हातखुट्टा गुमाएकाले नयाँ जीवन पाएका छन् । मध्यविन्दु जिल्ला अस्पताल डण्डा र चौधरी फाउण्डेसले संयुक्तरुपमा सवल केन्द्र स्थापना गरेपछि हात तथा खुट्टा नहुनेहरु खुसी भएका हुन् । अरुको साहाराविना हिँडडुल गर्न समस्या हुनेहरु कृत्रिम हातखुट्टा पाएपछि आत्मनिर्भर हुन थालेका छन् ।
कोरोनासँगै डेंगुको सामना
आइतबार, असोज ९, २०७९
विश्वभर हलचल मच्चाइरहेको कोरोना महामारीले तनाव दिइरहेका बेला नेपालमा फेरी डेंगुको प्रकोपले अर्को तनाव सिर्जना गरिदिएको छ । कोरोना संक्रमणसँग लडिरहेका नागरिकहरु यति बेला डेंगुको प्रकोपसँग सामना गरिहेका छन् । कोही कोरोनासँग लडिरहेका छन् भने कोही डेंगुसँग । कतिपले यी संक्रमणलाई जित्न सफल भएका छन् भने कोही पराजित भई मृत्युको...
घुमन्ते कामदारका कारण व्यवसायी मारमा
आइतबार, असोज ९, २०७९
भारतीय घुमन्ते कामदारका कारण यहाँका फर्निचर उद्योगी मारमा परेका छन् । छिमेकी मुलुक भारतबाट आएका कामदारले घर –घरमै फर्निचर निर्माणको सेवा दिने गरेकाले स्याङ्जाका फर्निचर तथा फर्निसिङ उद्योगी मारमा परेका हुन् । आफूहरुले उद्योग दर्ता गरी नेपाल सरकारलाई राजस्व बुझाउँदै आएको तर यहाँ विनादर्ताका भारतीय कामदारका कारण उद्योग सञ्चालनमा समस्या...
रामपुरमा प्रशासन कार्यालयको भवन निर्माण सुरु
आइतबार, असोज ९, २०७९
रामपुर इलाका प्रशासन कार्यालयको नयाँ भवन निर्माण सुरु गरिएकोे छ । रामपुर नगरपालिका ५ स्थित बेझाडमा तीन तले १७ कोठासहितको भवन निर्माण भइरहेको हो । बाँसुरी मोबाइल जेभीले भ्याटबाहेक चार करोड १४ लाख ७६ हजार ८ सय ६० को लागतमा भवननिर्माण गर्न गत असार २३ गते ठेक्का लिएको थियो ।


