Shittalpati
लुम्बिनीको सभामुखमा बसन्त घर्ती निर्विरोध निर्वाचित

पाल्पा, लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । उनको मात्र एकल उम्मेदवारी परेपछि घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएका हुुन् ।

सोमबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समयसम्ममा सभामुखमा उनको मात्र उम्मेदवारी दर्ता भएको थियो । घर्ती पाल्पा क्षेत्र नं २ (२)बाट तत्कालीन काँग्रेस नेतृत्वको गठबन्धनबाट प्रदेश सदस्यमा निर्वाचित भएका थिए ।

उपसभामुखमा भने तीन जनाको उम्मेदवारी दर्ता भएको छ । जसमामा राप्रपाबाट मेनुका खाँण केसी, काँग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ । उपसभामुखका उम्मेदवार नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठकको प्रतावकमा कांग्रेसका प्रदेशसभा सदस्य वसीउद्दिन खाँ र समर्थकमा राजु खनाल छन् ।

यस्तै राप्रपाकी उम्मेदवार खाँणको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गाप्ता छन् । त्यस्तै नागरिक उन्मुक्तिकी चौधरीको प्रस्तावकमा सोही पार्टीकै प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्मबहादुर चौधरी रहेका छन् । उपसभामुख चयनका लागि भोली दिउँसो निर्वाचन हुँदैछ ।

 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update