Shittalpati
लुम्बिनीको उपसभामुखमा केसी

बुटवल, लुम्बिनी प्रदेशसभाको उपसभामुखमा मेनुका खाँड केसी निर्विरोध निर्वाचित भएकी छन् । अन्य दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित केसी उपप्रमुख बनेकी हुन् ।

उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारु चौधरी र नेपाली कांग्रेसका विश्वप्रेम पाठकले पनि उम्मेदवारी दिएका थिए । सत्ता गठनबन्धनमा कुरा नमिलेपछि उम्मेदवारी दिएकी चौधरीले अन्ततः सत्ता गठबन्धनका तर्फबाट राप्रपाकी उम्मेदवार केसीलाई समर्थन गर्ने निर्णय गरेकी थिइन् । अन्त्यमा कांग्रेसका पाठकले पनि उम्मेदवारी फिर्ता लिएका थिए । सांसद् इन्द्रजीत थारुले उपसभामुखमा केसीलाई निर्वाचित गरियोस् भनी प्रस्ताव गरेकोमा सांसद् चन्द्रकेश गुप्ताले समर्थन गरेपछि जेष्ठ सदस्य भुसालले केसीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । सभामुखमा भने नेकपा माओवादी केन्द्रबाट निर्वाचित पाल्पाका तुलाराम घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update