Shittalpati
लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ

रुपन्देही, लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराएका हुन् ।

शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले अघिल्लो प्रदेशसभाले बसाएको जग बलियो बनाउने गरी काम गर्ने बताए । उनले प्रदेश सभाका ८७ सदस्यको अभिभाकत्वको समेत जिम्मेवारी पूरा गर्ने बताए । –रासस

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update