Shittalpati
लुम्बिनीको सभामुखमा बसन्त घर्तीको सम्भावना

पाल्पा, लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि आज (सोमबार) उम्मेदवारी मनोनयन दर्ता हुँदै छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार आज दिउँसो १ बजेदेखि ५ बजेसम्म दुवै पदमा निर्वाचन गर्नका लागि उम्मेदवारको नाम प्रस्ताव हुनेछ ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको भागबण्डाअनुसार एमालेले मुख्यमन्त्री पाएपछि सभामुख माओवादीको भागमा परेको छ । माओवादीले पाल्पाको २ (२)बाट निर्वाचित तुलाराम घर्ती मगरलाई सभामुख बनाउने तयारी गरेको छ । काँग्रेसले पनि घर्तीलाई नै समर्थन गर्न सक्ने आंकलन गरिएको छ । काँग्रेसले आफ्नो उम्मेदवार तय नगरी माओवादीसँग छलफल गर्ने निर्णय गरेको छ । उक्त छलफलपछि घर्ती निर्विरोध निर्वाचित हुने सम्भावना बढेको हो । उपसभामुख भने राप्रपाले पाएको छ । राप्रपाले गुल्मीकी मेनुका खाँड केसीलाई उपसभामुख बनाउने सम्भावना छ ।

 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update